काठमाडौँ, जेठ १४,
नेपाली काँग्रेसले नयाँ संविधानका अन्तरवस्तुका बारेमा दलहरूबीच सहमति भएका विषयहरू समेटेर संविधान जारी गर्नुपर्ने र सहमति हुन नसकेका विषयलाई रूपान्तरित संसदमा लगेर समाधानको खोजी गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ ।
पार्टी सभापति सुशील कोइरालाको निवासमा बसेको केन्द्रीय पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले सो प्रस्ताव अघि सारेको हो । बैठकका बारेमा जानकारी दिँदै उपसभापति रामचन्द्र पौडेलले भन्नुभयो– हामी छलफलमा छौँ, बहुपहिचान र सामथ्र्यका आधारमा प्रदेशसम्बन्धी विषयमा निकास खोजिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
त्यस्तै, केन्द्रीय सदस्य गगन थापाले एनेकपा (माओवादी) र मधेसी मोर्चाले अघि सारेको १४ प्रदेश र नेपाली काँग्रेसले सहमतिका लागि अघि बढाएको १३ प्रदेशलाई संविधानको अनुसूचीमा राखेर जनताकोे बीचमा जाउँ भन्ने हामीले नयाँ विकल्प सहितको प्रस्ताव ल्याएको जानकारी दिनुभयो ।
समस्याको निकास दिन १३ प्रदेशको प्रस्ताव असाध्यै व्यावहारिक र उचित रहेको दाबी गर्दै उहाँले भन्नुभयो– यसमा सहमति गरेर अघि बढ्ने वा नबढ्ने एनेकपा (माओवादी)को हातमा रहेको छ ।
सो बैठक पार्टी सभापति सुशील कोइरालाको अध्यक्षतामा बसेको थियो ।

0 comments:
Post a Comment