Sunday, May 27, 2012

महिला सहितलाई गाडी ड्राइभिङ तालिम सुरु I

राजविराज, जेठ १४,

ग्रामीण जनताको आयवृद्धिमा सहयोग पु¥याउन सप्तरीको मधुपट्टी गाविसमा आजदेखि गाडी ड्राइभिङ तालिम सुरु भएको छ । गरिबी निवारण लघुउद्यम विकास कार्यक्रमअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले मधुपट्टी–१ मा ४५ दिने गाडी ड्राइभिङ तालिम सुरु गरेको हो ।

तालिमको उद्घाटन गर्दै सप्तरीका उद्योग अधिकृत रघुवर साहले स्वदेशमै रोजगारी र आयआर्जनमा युवालाई आकर्षित गर्न तालिम दिन थालिएको बताउनुभयो ।

मधुपट्टी गाविस–१ का निवर्तमान वडा अध्यक्ष समन चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका सह लेखापाल सन्दीप टेलर, प्रशिक्षक दीनेशकुमार यादव, प्रशिक्षार्थी सहभागी सीमा विश्वकर्मा, अंगदकुमार विश्वकर्माले तालिमबाट व्यावसायिक सीप वृद्धि भई आयआर्जन गर्न सघाउन पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा लालीगुराँस उद्यमी समूहबाट एक महिलासहित पाँचजना, जनचेतना लघुउद्यमी समूहबाट छ जना गरी ११ जनाको सहभागिता रहेको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment