Sunday, May 27, 2012

सहमतिका लागि विहानैदेखि छलफल शुरु I

काठमाडौ, जेठ १४,

सहमतिको लागि मुख्य दलहरु बिहानैदेखि छलफलमा जुटेका छन् । आइतबार बिहान छुट्टा छुट्टै आन्तरिक छलफल गरेका एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहान नौ बजे सहमतिका लागि अन्तिम प्रयास गर्ने बताएका छन् ।

त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मुख्य दलको बैठक बस्दैछ । बैठकमा संघीयताका विषयमा सहमतिको प्रयास हुनेछ । माओवादी र मोर्चाले पहिचान सहितको १० वा १४ प्रदेशको प्रस्तावमा सहमति गर्नुपर्ने बताएका छन् भने कांग्रेस र एमालेले बहुपहिचानको आधारमा थोरै प्रदेश बनाउने प्रस्ताव गरेका छन् ।

यसैबीच संविधानसभाको म्याद सकिने दिन आइतबार संविधानसभाको बैठक पनि बस्दैछ । बिहान साढे ११ बजे संविधानसभाको बैठक बस्ने तय भएको छ । त्यस्तै व्यवस्थापिका संसदको बैठक पनि बिहान ११ बजे बस्ने तय भएको छ । तर दलहरुको छलफलका कारण संविधानसभा र व्यवस्थापिका संसदको बैठक ढिलो हुने निश्चित छ । उज्यालो नेटवर्क

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment