विभिन्न आधारमा संघ,संगठनहरु खोल्ने होडबाजी चलिरहेकै बेला अभिनेत्री मौसमी मल्लले पनि आफ्नै नेतृत्वमा महिला चलचित्रकर्मी मंच गठन गरेकी छिन् ।
चलचित्र क्षेत्रभित्रका सबै विधाका महिला चलचित्र कर्मीहरुलाई एकबद्ध गर्न उनले यो मञ्चको स्थापना गरेकी हुन् ।
मौसमीका अनुसार यस मञ्चमा प्राविधिक, पत्रकार, कलाकार तथा फिल्म क्षेत्रसँग सम्बन्धित अन्य महिलाहरुले सदस्य बन्न पाउनेछन् र आफ्नो हकहितका लागि आवाज उठाउन पाउनेछन् ।
फिल्म क्षेत्रमा काम गर्ने महिलाहरुले सामाजिक तथा पारिवारीक पीडा भोग्नु परेको भन्दै उनीहरुको आवाजलाई दरिलो पार्न मौसमीले सात सदस्यीय कार्य समिति गठन गरेकी छिन् ।
जसमा मौसमी अध्यक्ष पदमा छिन् भने उपाध्यक्षमा रुपा राना, सचिवमा पत्रकार स्वस्तिका सिलवाल, कोषाध्यक्षमा अभिनेत्री विमला केसी रहेकी छिन् । नयाँ कलाकारहरुको प्रतिनिधित्व गर्दै ऋचासिंह ठकुरी पनि मञ्चमा आवद्ध छिन् ।

0 comments:
Post a Comment