Saturday, May 26, 2012

सिरियामा हिंसात्मक झडपमा ७० जनाको ज्यान गयो I

जेठ १३, सिरियामा शुक्रवार भएका हिंसात्मक झडपमा ७० जनाको ज्यान गएको छ । होम्स प्रान्तमा मात्रै ५० र अरु क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा २० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । होम्समा भएको ज्यान गुमाउनेमा १३ जना बालबालिका छन् ।

सरकारी फौजको आक्रमणबाट अरु थुप्रै घाईते भएको अधिकारकर्मीहरुले बताएका छन् । उनीहरुका अनुसार सरकारी सुरक्षाकर्मीले सर्वसाधारणमाथि ट्यांक, मोर्टार र मेशिनगनले अन्धाधुन्द आक्रमण गरेका थिए । अधिकारकर्मीहरुले प्रदर्शनकारीमाथी सुरक्षाकर्मीले व्यापक दमन गर्दा पनि राष्ट्रसंघका पर्यवेक्षकहरु चुपचाप बसेको भन्दै आलोचना गरेका छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले सिरियाको अवस्था अत्यन्त गम्भीर बन्दै गईरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले सिरीयामा केही समय यता हुँदै आएका बम विष्फोट लगायत हिंसाका घटनामा आतंकवादी समूहको हात हुन सक्ने शंका व्यक्त गर्नुभएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment