Saturday, May 26, 2012

संविधान जारी गर्न माग गर्दै विभिन्न संघ संगठनले संविधानसभा भवनमा आज घेराउ I

काठमाण्डौं, जेठ १३,

तोकिएकै समयमा सवैको मागलाई समेटिने संविधान जारी गर्न माग गर्दै विभिन्न संघ संगठनले आज संविधानसभा भवन घेर्ने भएका छन् । सङ्घीयतासहितको संविधान जारी गर्न दबाब दिने उद्देश्यले आदिवासी जनजातिहरूले संविधानसभा भवनको चारै दिशामा घेराउ तथा प्रदर्शन गर्न लागेको आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति सचिवालय संयोजक परशुराम तामाङले जानकारी दिनुभयो । आदिवासी जनजातिहरूले सङ्घीयता विनाको संविधान मान्य नहुने बताउँदै आएका छन् । यसैगरी मुख्य विवादहरू अहिले नटुङ्ग्याइकन रुपान्तरित संसदमा लगे अस्वीकार गर्ने पनि उनीहरूले बताएका छन् ।

यसैगरी संयुक्त महिला संघर्ष समितिले संविधान जारी गर्न र महिला अधिकार सुनिश्चित गर्न मागगर्दै विहान ११ बजे धर्ना दिने कार्यक्रम राखेको छ । दिउसो साढे १२ बजे संयुक्त मधेसी विद्यार्थी मोर्चा , नेपाल आदिवासी जनजाति महासंघ र संघिय विद्यार्थी युनियले संयुक्त अनसनको कार्यक्रम राखेका छन । राप्रपा नेपालले दिउसो १ बजे बबरमहलबाट दबाव र्‍याली निकालेर संविधान सभा भवन नयाँ बानेश्वरको सडकमा कोण सभा गर्ने जनाएको छ ।

यस्तै ब्राहृमण , क्षेत्री , ठकुरी , दशनामी , दलित , पिछडा बर्ग लगायतको संयुक्त संघर्ष समितिले राजधानीमा विरोध सभा गर्ने भएको छ । विहान ११ बजेपछि राजधानीका विभिन्न ठाउबाट सुरुभएको विरोध र्‍याली १ बजेपछि खुलामञ्चमा पुगेर सभामा परिणत हुने बताईएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment