Sunday, May 27, 2012

आज बेल्का ५ वजेपछि रक्सी नबेच्न निर्देशन I

काठमाडौ, जेठ १४,

जिल्ला प्रशासन कार्यालय काठमाडौमा वेलुकी पाँच बजेदेखि मदिरा बिक्री वितरण नगर्न निर्देशन जारी गरेको छ । पाँच बजेदेखि लागू हुने गरी अर्को व्यवस्था नहुँदासम्म मदिरा विक्री वितरण नगर्न सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमूख जिल्ला अधिकारी रत्नराज पाण्डेले जानकारी दिनुभयो ।

सार्वजनिक ठाउँमा होहल्ला हुन सक्ने क्षेत्रमा मदिरा बिक्रीमा रोक लगाइएको हो । संविधान जारी हुने अन्तिम दिन आज संविधान सभा भवन आसपास र अरु सार्वजनिक ठाउँमा भेला प्रदर्शन भैरहेको र राति अबेरसम्म चल्ने अनुमान सहित स्थानीय प्रशासनले यस्तो कदम चालेको हो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment