'निगमको दैनिक काम कारबाहीमा कुनै फरक पर्दैन,' निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, 'तेल बिक्री वितरण सुचारु छ । जारी नै रहनेछ ।' अख्तियारको कारबाहीपछि निगमका कर्मचारीले पेट्रोल कारोबार ठप्प पार्ने चेतावनी दिँदै आएका थिए ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले छिट्टै नयाँ निमित्त कार्यकारी निर्देशक नियुक्ति गरी निगमको काम कारबाहीलाई निरन्तरता दिन निर्देशन दिएपछि कर्मचारीले रोकेका छन् ।
निमित्त कार्यकारी निर्देशकमा गोइत सिफारिस निगममा नयाँ कार्यकारी निर्देशकको खोजी सुरु भएको छ । नयाँ निमित्त कार्यकारी निर्देशकमा निगमकै वरिष्ठ कर्मचारी वीरेन्द्र गोइतको नाम सिफारिस भएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले निमित्त कार्यकारी निर्देशकमा गोइतको नाम सिफारिस गरेको हो । 'शुक्रबारको बैठकमा नयाँ निमित्त कार्यकारी निर्देशको छनोटमै केन्दि्रत भयो,' घिमिरेले भने, 'गोइतको नाम मन्त्रालयमा सिफारिस गरेका छौं ।'








0 comments:
Post a Comment