Tuesday, May 27, 2014

पर्यटन व्यवसायीको र्‍यालीमा प्रहरी हस्तक्षेप टान अध्यक्ष रमेश धमला सहित १३ जना पक्राउ

१३ जेठ काठमाडौं । पर्यटन बोर्डको विरुद्धमा आन्दोलनरत पर्यटन व्यवसायीहरुको र्‍यालीमा प्रहरीले हस्तक्षेप परेको छ । व्यवसायीहरुको कार र्‍याली सकिनै लाग्दा ट्राफिक जाम भएको भन्दै प्रहरीले हस्तक्षेप गरी १३ जनालाई पक्राउ गरेको छ ।

र्‍यालीको अग्रभागमा साङलो बनाएर हिँडेका ट्राभल एजेन्ट एसोसिएसन (टान) का अध्यक्ष रमेश धमला, पूर्वअध्यक्ष दीपक महत, पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजाल, व्यवसायीहरु लोकराज भण्डारी, बलबहादुर सामरी, राजेन्द्र सुवेदी, राजाराम बस्नेत, लक्ष्मण श्रेष्ठ, मानकाजी लामा, राजनकुमार पाण्डे, विजय लामा, अच्यूत ढकाल, बीरबहादुर गुरुङ, टेकबहादुर गुरुङ र सुरेन्द्र भट्टराईलाई पक्राउ गरको हो । पक्राउ परेका व्यवसाइहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको टान अध्यक्ष रमेश धमलाले अनलाइनखबरलाई जानकारी दिए । प्रहरी हस्तक्षेपपछि करिब ५ सयको हाराहारीमा सहभागी व्यवसायीहरु तितरबितर भएका छन् ।

टानको नेतृत्वमा पर्यटन बोर्डको विरुद्धमा व्यवसायीहरु २८ दिनदेखि आन्दोलनरत छन् । पर्यटन बोर्डमा रिले अनसनमा बसेका व्यवसायीहरुलाई भने प्रहरीले पक्राउ गरेको छैन । टानका अध्यक्ष धमलाले प्रहरी हस्तक्षेपको विरुद्धमा पोखरा र काठमाडौं उपत्यका बन्द गर्ने बताएका छन् ।- Online Khabar

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment