ज्यान हाजिर नामक फिल्म बनाउन उनले लिएको पैसा डेढ वर्षमा पनि तिरेनन् । खातामा पैसा नभएको चेक दिए । सो चेक पनि पटक पटक बाउन्स भएपछि महिलाहरूको घरबार तहसनहस भयो । तर, पनि अधिकारीले पैसा दिएनन् बरु जर्बजस्ती चेकमा हस्ताक्षर गर्न लगाएको भन्दै अदालतमा उजुरी दिए ।
हिराकुमारी तामाङ र मिनाकुमारी भण्डारीलाई ९५ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई बौद्ध प्रहरीले पक्राउ गरेको हो ।
बाउन्स भएका चेकसहित पीडितले दिएको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । तर अदालतमा सोही विषयलाई लिएर अर्काे मुद्दा चलिरहेकाले उनलाई मुद्दा चलाउन भने प्रहरीले सकेन । सोही आरोपमा उनकी श्रीमती लक्ष्मी गत वर्ष पनि पक्राउ परेकी थिइन् । तर त्यतिबेला सोर्सफोर्समा छुटिन् ।
शुक्रबार निर्देशक अधिकारी स्वय्मलाई प्रहरीले पक्राउ गर्यो । भाइ गोविन्दसहित उनलाई प्रहरीले थुन्यो । तर अदालतमा उनले नै मुद्दा हालेको कारण देखाउनै चेक बाउन्स हुँदाहुँदै पनि कारबाही अघि बढाएन ।
रोइकराई गरेर उनी यसपटक पनि छुट्न सफल भए । अधिकारी मात्र होइन फिल्मी क्षेत्रमा ठगीका घटना धेरै रहेको स्रोत बताउँछ । धेरै फिल्ममा खलनायकको भूमिकामा देखिएका दिनेश शर्माले पनि बिदेशी पठाइदिने भन्दै युवाहरूलाई ठगी गरेको उजुरी परेको छ । बेल्जियम पठाइदिने भन्दै ठगी गरेको बताइएको छ ।
शर्माले अन्य तीनजनासँग मिलेर ४० जनाबाट चार करोड रुपैयाँ उठाएर बिचल्ली बनाएको भन्दै पिडितहरूले बैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् ।
इलामकी कृष्णकुमारी कँडेललगायतले शर्माविरुद्ध उजुरी दिएपछि उनले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । तर शर्माले बिदेश पठाउन कँडेलको कलाकार संघको नक्कली परिचयपत्र बनाएको र ठगी गर्नेहरू उनकै समूह भएको स्रोत बताउँछ । त्यस्तै नायक भुवन केसी र उनकी श्रीमती पनि केही वर्षअघि ठगी मुद्दामा मुछिएका थिए । फिल्म निर्माताहरूले प्राविधिक लगायत अन्य कामदारलाई पारिश्रमिक समेत नदिई ठगी गरेका उजुरीहरू समेत पटक–पटक पर्ने गरेका छन् ।
कलाकार धुव्र पराजुलीले पनि धेरै कलाकारलाई नै ठगी गरेका छन् । उज्जवल घिमिरे, दीपाश्री निरौला, रेखा थापा, छवी ओझालगायतका कलाकारलाई पराजुलीले लाखौं तिर्नु छ । उच्च ब्याज पाउने आशमा उनीहरूले पराजुलीलाई पैसा दिएका थिए । तर पछिल्लो समय टाट पल्टिएपछि पराजुली भूमिगत भएका छन् । निर्माता राजकुमार राईले पनि चर्काे ब्याजको कारोबारमा विभिन्न व्यक्तिलाई ठगी गरेको चर्चा फिल्मी क्षेत्रमा छन् । उनको चर्काे ब्याज असुलीकै कारण केपी क्षेत्री र रिमेश घिमिरे विदेश पलायन भइसकेका छन् । कला क्षेत्रमा राम्रो कमाई नभएकाले नभएकाले कलाकारितामा लागेकाहरूले अन्य पेशा पनि अंगाल्दै आएका छन् । त्यसकारण कतिपय नियतबश ठगीमा त केहीले आर्थिक समस्यामा पर्दा ठगीमा जोडिने गरेका छन् ।समाचार दैनिक नेपाल डटकम मा प्रकाशित भएको छ । दैनिक नेपालबाट साभार








0 comments:
Post a Comment