Wednesday, May 28, 2014

एउटै भैंसीको मूल्य एक लाख- one lakh

सिरहा : एउटै भैंसीको मूल्य झण्डै एक लाखसम्म पर्न थालेपछि सिरहाका किसान भैंसीपालनतर्फ आकर्षित भएका छन्।अघिल्लो वर्ष २५ देखि ३५ हजारमा बिक्री हुने लैनो भैंसी यस वर्ष ७० देखि लाखसम्ममा बिक्री हुन थालेको छ। तराईमा यतिबेला पहिलो बेतको पाडी जन्माएको लैनो भैंसीलाई ९० देखि एक लाखसम्म मोल पर्ने चौपाया व्यवसायमा संलग्न कचनारी ५ का बेचन यादबले बताए। भैसीको मूल्य बढ्नुको दुईवटा कारण छन्।

गरीवी निवारण कोषले गाउँ गाउँमा समूह बनाएर उद्यम गर्न रकम वितरण गरेपछि भैसीको मूल्य आकासिएको हो। भारतको कोसी क्षेत्रका वाढी पीडितलाई बिहार सरकारले भैसी पालन गर्न राहत रकम दिए पछि त्यस क्षेत्रका मानिस यतिबेला भैसी खरिद गर्न सिरहा र सप्तरीतिर छिरेका छन्।

असनपुरका सन्तोष यादवले आफूले एउटा लैनो भैंसीलाई करिब एक लाखसम्म पारेको बताए। 'भैंसीको ज्यान, दुध र बच्चा हेरेर मूल्य तोकिन्छ, उनले भने।गरिबी निवारण कोषबाट सहयोग पाएका अधिकांस किसानले भैसी पालन गर्ने उद्यम योजना पेस गर्ने गरेको सिर्जना सामुदायिक विकास केन्द्र चोहर्वाका सामाजिक परिचालक राजकुमार मण्डलले बताए। किसानले उन्नत जातको दुधालु भैंसी पालेकोले भैंसी किन्न व्यापारी तथा किसान धरान, दमक, दुहवी, इनर्वा, सप्तरी, उदयपुर र विहारका कोसी पीडित क्षेत्र लगायतका ठाउबाट आउने गरेको थल्हाका देवनाथ यादवले बताए।

एउटा भैंसीले ५ देखि ८ लिटरसम्म दुध दिने गरेकोले भैंसी व्यापारी बढी आउने गरेको हो। उनले पालेको भैंसी ५५ हजारमा बिक्री गरेको यादवले भने। 

यस्तै, भेडीयाका चोहर्वा रामधियनी यादवले आफ्नो भैंसी ६१ हजारमा बिक्रि गरेको बताए। जिल्लाको पश्चिमी क्षेत्रका दुई दर्जन गाविसका किसानले उन्नत जातको भैंसी पालन गर्छन्।

बडहाडामाल, गौतारी, भेडीया, कर्जन्हा, रामपुर विर्ता, राजपुर, गम्हरी महेसपुर, मझौलीया, चिकना, इटारी प्रसाही, कल्याणपुर, चतरी, थल्हाकट्हा, बेल्हा, सारस्वर, माडर, खिरौना, सिरहा नगरपालिका, राघोपुर लगायतका गाविसका किसानहरुको घरैपिच्छे भैंसी पालेका छन्। कमला नदीको पर्तिमा चरीचरन गर्ने प्रसस्त ठाउ भएकोले यस क्षेत्रमा ज्यादै भैसी पालन हुने गरेको छ।
भैसी व्यापारीको अहिले यी गाविसहरुमा ओइरो नै लागेको स्थानीय बुद्धिजीवि राम यादबले बताए। दुहवीका भैंसी खरिद बिक्री गर्ने व्यापारी रामनरेश साहका अनुसार कमला नदीको किनारमा भएका गाविसहरुका किसानले पालेको भैसीले बढी दुध दिने गरेकोले पूर्वका व्यवसायिकरुपमा दुधको कारोवार गर्ने किसानले कमला किनारको भैंसी भनेपछि हुरुक्क हुन्छन्।
भिडियो हेर्न यहाँ तल बक्सको बिचमाक्लिक गर्नुस भैसी व्यापारी भन्छन्,' यहाँबाट भैंसी खरिद गरेर लगेपछि प्रत्येक भैंसीमा खर्च काटेर ५ हजारसम्म मुनाफा हुन्छ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment