Wednesday, May 28, 2014

अरुणिमाको जादु नचले पछि

२२ वैशाखमा फिल्म पीपल युनिटले आयोजना गरेको प्रेस सम्मेलनमा नायिका अरुणिमा लम्साल दंग देखिन्थिन् । छोरी जन्माएपछिको यो उनको दोस्रो फिल्म थियो । तर, फिल्मको रिलिजपश्चात् उनको खुसी टिक्न सकेन ।

२ जेठमा रिलिज भएको यो फिल्मले निकै कमजोर व्यापार गरेको छ । चार फिल्मसँग जुध्नुपरेको र प्रचारप्रसार पनि फितलो भएकाले फिल्मले निर्माताको गोजी भर्न सकेन । अरुणिमा स्वयं पनि प्रेस सम्मेलनमा सहभागी हुनुबाहेक अन्य प्रचारात्मक कार्यक्रममा सहभागी भएकी थिइनन् ।

आमा बनेपछिको उनको पहिलो फिल्म उर्वशी पनि असफल भएको थियो । एकातिर नयाँ हिरोइनको लहर, अर्कोतिर लगातारको असफलताले गर्दा उनी पहिलेजस्तै फेरि फिल्ममा जम्ने सम्भावना कतै कम हुँदै जाने त होइन ?

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment