दुखाइले छटपटाइरहेका सुनारलाई मोटरसाइकलमा हालेर उनले स्थानीय मनकामना मेडिकल पुर्याए। त्यहाँ प्राथमिक उपचारपछि उनको हत्केलालाई आइसमा राखियो र थप उपचारका लागि गाडीमा हालेर काठमाडौं ल्याइयो।
उपचारका लागि कुन अस्पताल लैजाने भन्नेमा धेरैबेर दोधार भएपछि अन्त्यमा उनलाई धापासीस्थित ग्रान्डी अस्पताल पु:याइयो। सुनारलाई तत्कालै आईसीयूमा राखेर चिकित्सक छिनेको हात जोड्न शल्यक्रियामा जुटे। झन्डै १२ घन्टाको शल्यक्रियापछि उनको छिनेको हत्केला जोडियो।
उनका दाइ धनबहादुरले भने, 'छिनेको हत्केला जोडिन्छ भनेर कल्पना पनि गरेका थिएनौं। हत्केला उतै फाल्ने सुर पनि कसेका थियौं। तर मेडिकलका स्वास्थ्यकर्मीले सँगै लैजानुहोस् केही भइहाल्छ कि भनेकाले सँगै लिएर आएका थियौं। अहिले जोडियो, सारै खुसी लागेको छ।'
सुरक्षित रूपमा पहिले प्लास्टिकले हल्कासँग बाँधेर आइसमा राखी ६ घन्टाभित्र अस्पताल पुर्याउन सके काटिएका अंग जोड्न सकिन्छ।
छिनेको हात जोड्न अस्पतालका डा. जयनमान श्रेष्ठ, डा. भाष्करराज पाण्डे, डा. ज्योति रायमाझीलगायत खटिएका थिए। धनबहादुरले भने, 'छिनेको हत्केला जोडिनुलाई म त चमत्कार नै भन्छु। समयमै हामीले अस्पताल नल्याएको भए पछुताउनुपर्ने रहेछ। जे गर्यौं ठीक गर्यौं।'
सुनारले शल्यक्रिया गरिएको चार दिनपछि हातका औंला चलाउन थालेका छन् भने दुखाइ पनि महसुस गरेका छन्। हात जोडिए पनि सुनारलाई अझै केही दिन चिकित्सकको निगरानीमा उपचार आवश्यक भएको अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बताए।
शल्यक्रियामा संलग्न डा. पाण्डेले सुनारको छिनेको हत्केला आइसमा राखेर ल्याइएका कारण जोड्न सकिएको बताए। उनले उच्च प्रविधिका साथमा शल्यक्रियाका लागि तत्काल सबै क्षेत्रका डाक्टरको टोली जुटेको जानकारी पनि दिए।
शल्यक्रिया विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, प्लास्टिक सर्जन, बेहोस बनाउने चिकित्सक, प्राविधिकलगायतको टोली समयमै जुट्न सकेकाले पनि शल्यक्रिया सफल हुनुको अर्को कारण रहेको पाण्डेले बताए। उनले भने, 'सबैभन्दा पहिले त हामीले हात र हत्केलाको हड्डी जोड्यौं, त्यसपछि रक्तनली, छोएको थाहा पाउने नलीलगायतलाई पनि माइक्रोस्कोपद्वारा जोड्दै गयौं, त्यसपछि सेतो हत्केला रातो हुँदै गयो।' यस्तो शल्यक्रिया नेपालका सरकारी अस्पतालमा फाट्टफुट्ट गरिए पनि निजी अस्पतालमा पहिलो भएको उक्त अस्पतालको दाबी छ।
पाण्डेले यस्ता घटना हुँदा छिनेको अंग कसरी अस्पतालसम्म पुर्याउने भन्ने ज्ञान सर्वसाधारणमा नहुँदा अपांग हुनुपर्ने अवस्था रहेको बताए। तर सुरक्षित रूपमा पहिले प्लास्टिकले हल्कासँग बाँधेर आइसमा राखी ६ घन्टाभित्र अस्पताल पुर्याउन सके काटिएका त्यस्ता अंग जोड्न सकिने उनले बताए।








0 comments:
Post a Comment