Monday, June 30, 2014

माग्ने बुढा र धुर्मुस पूर्वमा भेटिएँ

तेजन खड्का, उर्लाबारी, १४ असार, कार्यक्रम सन्चालकले माग्ने बुढो र धुर्मसलाई के स्टेजमा मात्र बोलाएका थिए, यत्रतत्र छरिएका दर्शक एकै ठाउँमा भेला भइहाले ।

टेलिभिजनका पर्दामा मात्र देखेका दर्शकहरु उनीहरुको प्रस्तुतिको प्रतिक्षामा थिए । तर, स्टेजमा सक्कली होइन्, नक्कली माग्ने बुढो र धुर्मुस फेला परे ।

नक्कली धुर्मुस र माग्नेबुढो भएपनि उनीहरुको प्रस्तुति सक्कलीको भन्दा कम थिएन्, पेट मिचीमिची हँसाए । मोरङको राजघाटलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने कार्यक्रममा उनीहरु प्रस्तुत भएका हुन् ।

नक्कलीहरुको सक्कली भिडियो हेर्नुहोस्: >>Watch Video Here<<

बिमल ढुङ्गेल (नक्कली धुर्मस) र बिक्रम धिमाल (नक्कली माग्ने बुढो) ले सिताराम कट्टेल र केदार घिमिरेको हाउभाउ र बोली उतारेर दर्शकहरुलाई सरसफाई सम्बन्धी हसाउँदै जनचेतना जगाए । बिमल धिमालले खड्का जि, नेता केपी ओली लगायतका क्यारिकेचर सुनाएर थप मनोरन्जन दिलाएका थिए ।

कतिपय दर्शकहरु सक्कली नै हुन भनेर झुक्किएका पनि थिए । पछिल्लो समय बिमल र विक्रम पूर्वका कार्यक्रमहरुमा व्यस्त छन् ।

नक्कली धुर्मुस र माग्ने बुढोको रुपमा उनीहरुको जोडी अहिले चर्चामा छ । पछिल्लो समय एरिना टेलिभिजनद्वारा हरेक आइतबार राति ९ बजे प्रसारण हुने 'चलेको चलन' नामक टेलिफिल्ममा उनीहरुको अभिनय समेत हेर्न पाइन्छ ।ajakokhabar.com
यो भिडियो पनि हेर्नुहोस् :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment