मेष (चू चे चो ला ली लु ले लो अ)
समय अनुकूल भएर आएको छ । नयाँ काम सम्पन्न हुनेछन् । तपाईंका कतिपय आफ्ना समस्याको समाधान हुनेछ । भाइचारा बढ्नेछ । पढाई लेखाइमा मन लाग्ने छ । बिवादित अभिब्यक्तिबाट भने टाढै रहनु होला ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
तपाईंलाई आँखा सम्बन्धी समस्या आउन सक्छ । रमाइलो यात्रा हुनेछ । बहुमूल्य बस्तु गुम्न सक्ने तर्फ सजग रहनु होला । आपसी कलहले उग्र रुप लिन सक्ने छ । आफ्नो कमजोरीमा टेकेर अरुले फाईदा लिन सक्ने छन् ।
मिथुन (का कि कु घ ङ छ के को हा)
सकारात्मक सोच राख्नु होस कार्य सफलताको योग रहेको छ । अरुका कुरा तिरस्कार हैन सम्मान गर्नु होस् मान बढ्ने छ । झिना मसिना कुरामा नअल्झिनु र कार्य शैली परिवर्तन गर्नु होला । आत्म सन्तुष्टिमा रमाइने छ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
आत्मकेन्द्रित स्वभावले तपाईंको स्थान गुम्ने खतरा छ । अरुको आश्वासनमा नहिंड्नु होला स्वयम अघि बढ्ने कोशीस गर्नु होला । सामाजिक प्रतिष्ठा बढ्नुका साथै मित्रको सहयोग मिल्ने छ । बिलासितामा अधिक खर्च होला ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
आर्थिक रुपमा कमजोर बनिने छ । केही बहुमुल्य बस्तु गुम्ने योग रहेको छ, सावधान रहनु होला । पैतृक सम्पत्ति सम्बन्धी झगडा आइलाग्ला । बिगतको घटनाले मर्माहत बनाउने छ । तपाईंको निर्णय गलत हुनाले मानसिक रुपमा चिन्ता हुनेछ ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
समय सकारात्मक बनेर आएको छ । आत्मबल बढ्ने छ । साहसिक कार्यमा मन लाग्ने छ । मित्रहरुसँग सम्बन्ध बिग्रन सक्ने छ । अचानक यात्रामा निस्कनु पर्ने हुन सक्छ । खेलकुद आदिमा सफलता मिल्ने छ ।
तुला (र री रु रे रो ता ती तू ते)
सामाजिक प्रतिष्ठामा बृद्धि हुनेछ । मातृभूमिप्रति केही गर्ने सोच बन्ने छ । मित्रहरुको प्रभावमा परि गरिने निर्णयले तपाईंलाई घाटा हुनेछ । गाडी, वाहन सुख प्राप्त हुनेछ । केही सानो कुरामा अल्झिनाले बिशेष काम रोक्किने छ ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
वौद्धिक कार्यमा सरिक बनिने छ । तपाईंको कामको अनुशरण अरुले गर्न थाल्ने छन् । तार्किक क्षमताका कारण तपाईंको पक्षधरहरु अगाडि आउन थाल्ने छन् । रमाइलोमा खर्च हुनेछ । शुभ समाचार सुन्न पाइने छ ।
धनु (य यो भा भी भू ध फा ढ भे)
स्वास्थ्यको क्षेत्रमा केही बाधा आउने छ । तपाईंको वौद्धिक कार्यका आलोचकहरु बढ्ने छन् । समुन्द्र पारको यात्रा गर्ने अवसर मिल्ने छ । अपरिचितसँग प्रगाढ सम्बन्ध हुनेछ । खर्चमा भने पर्हेज गर्नु पर्ला ।
मकर (जो जा जी खी खू खे खो गा गी)
बैदेसिक यात्राको योग रहेको छ । समयलाई चिन्न नसक्नु तपाईंको कमजोरी हुनेछ । बिवादित कुराबाट टाढै रहनु होला, बिवादले उग्र रुप लिन सक्ने छ । प्रेम सम्बन्ध धोकायुक्त होला । आफन्तसँगको सम्बन्ध कमजोर हुनेछ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
गुप्त रोगले सताउने छ । मित्रताका आधारहरु त्यतिकै ब्यर्थ जाने छन् । सम्वृद्धिमा धक्का पुग्ने छ । बिवादहरु अझ बढ्ने छन् । टाढा रहेका आफन्तहरुसँगको सम्बन्ध बिग्रने छ । पुर्खोली धन सम्बन्धी बिवाद आउने छ ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
भाग्योदयको योग रहेको छ । निकै अफ्ठ्यारो स्थितिमा पनि सहजै निकास निस्कने छ । नोकरीमा पदोन्नति हुनेछ । तपाईंको कामको प्रसंशा हुनेछ । बिवादहरु मिलेर आउनेछन् । आयका स्रोत पत्ता लाग्ने छन् ।








0 comments:
Post a Comment