रोनाल्डोसहितका खेलाडीहरूको अनुहारमा कुनै चमक थिएनन् भने समर्थक पनि खुसी देखिएनन् । विमानस्थलबाट बाहिरिने क्रममा रोनाल्डोले भने-’यो फुटबल हो । हामीले हाम्रो शिर उच्च परेका छौं । हामीले हाम्रोतर्फबाट सक्दो राम्रो गर्न कोशिस गर्यौं तर, सफल भएनौं ।’ लगतै उनले ट्याक्सी बोलाए र आफ्नो लगेजहरु राखेर हिडे । जर्मनीविरुद्धको खेलमा रातो कार्ड पाएका डिफेन्डर पेपेले अब यस्तो गल्ती स्वीकार्य नहुने बताएका छन् । ‘हामी अघिल्लो चरण जान चाहन्थ्यौं ।
हामीले राम्रो गर्ने काशिस गर्यो । तर, सम्भज भएन’ उनले भनेका छन् । घुँडाको चोटका बाबजुत विश्वकप खेलेका रोनाल्डोको गोलको मदतमा समूह चरणको अन्तिम खेलमा घानालाई पराजित गरेपनि पोर्चुगल नकआउट चरण पुग्न सकेन । अमेरिका समान चार अंक जोडेको भएपनि पहिलो खेलमा जर्मनीसँग व्यहोरेको ४-० को फराकिलो हारको मूल्य चुकाउँदै गोल अन्तरमा पछि पर्यो ।








0 comments:
Post a Comment