Saturday, June 14, 2014

छेपारो जन्माएपछि हंगामा

मान्छेले मान्छे जन्माउनुपर्ने हो तर इण्डोनेसियामा एक महिलाले छेपारो जन्माएपछि हंगामा भएको छ ।


३१ वर्षकी डेबी नुबाटोनिसले छेपारो जन्माएपछि सबै आश्चर्यचकित त भएकै छन् विचरा ती महिलामाथि बोक्सीको आरोप समेत लगाइएको छ । ८ महिनाको गर्भ जन्माउने क्रममा ती महिलाले छेपारो जन्माएको बताइएको छ ।
घटनाको अनुसन्धान गर्न इण्डोनेसियाली अधिकारीहरुले दुर्गम ओइनु्न्टो गाउँमा एक टोली पठाएकेा छ । महिलाले जन्माएको भनिएको छेपारो देखाउँदै सुँडेनी वैज्ञानिकहरुले भने मान्छेले छेपारो जन्माउनै नसक्ने दाबी यसको जन्मिएको के हो भन्ने बारे अनुसन्धान गरेर पुष्टि गरिने बताए । घटनाको विषयमा चिकित्सक र वैज्ञानिक टोलीले अनुसन्धान गरिरहेको बताइएको छ । छेपारो जन्माउने महिला र उनका परिवारमाथि बोक्सीको आरोपमा धम्की आइरहेको समाचार इन्टरनेटमा सार्वजनिक भएपछि त्यसले ठूलै तहल्का मच्चायो ।

महिलाले छेपारो जन्माएको खबर सबैभन्दा पहिले ती महिलालाई सुत्केरी गराएकी भनिएकी जोसेफाइन लिडिया हेलेन वादु नामकी सुँडेनीले सार्वजनिक गरेकी थिइन् । अनुसन्धानमा संलग्न विज्ञहरुले भने मान्छेले छेपारो पाउनै नसक्ने दाबी गर्दै ती महिला गर्भवती नभएर केवल उनलाई रक्तश्राव भएको हुनसक्ने र त्यो रगत घरभित्र हिँडिरहेको छेपारोमाथि परेर लतपतिएको हुनसक्ने अड्कल काटेका छन् - See more at

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment