आजबाट सुरु हुने नकआउट चरणबाट पराजित हुने टिम घर फर्कने छ । नेपाली समय अनुसार राती पौने १० बजे हुने पहिलो खेलमा घरेलु टोली ब्राजिल र चीलि भिड्ने छन् ।
ब्राजिल समूह ए बाट विजेता बन्दै प्रि क्वाटर फाइनलमा प्रबेश गर्दा चिली भने समूह बी बाट उप विजेताका रुपमा अन्तिम १६ मा प्रबेश गरेको थियो । समूह चरणमा ब्राजिलले २ मा जित र एक खेलमा बराबरी गरेको थियो ।
चिली ब्राजिलका लागि चीरपरिचत अनुहार हो । यी दुबै टिम ७० पटक भिडेका छन् । जसमा ब्राजिल ५० पटक विजयी भएको छ भने ७ पटक चीलि विजयी भएको छ । १३ खेल भने बराबरीमा सकिएको छ ।
सन् २००० यता चिलीले ब्राजिललाई हराउन सकेको छैन् ।
समूह चरणमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई पराजित गरेसँगै चिलीको मनोबल पनि मनोबल उच्च रहेको छ । यता ब्राजिलियन स्ट्रार खेलाडीहरु नेयमार, थियागो सिल्भा र लुइस गुस्टाभोली पछिल्लो खेलमा पहेँलो कार्ड पाएकाले खुलेर खेल्ने अवस्था भने छैन् ।
राती पौने २ बजे उरुग्वे र कोलम्बिया भिड्ने छन् । दक्षिण अमेरिकी टोलीबीचको यो खेलमा दुबै टोलीका दुई जना महत्वपूर्ण खेलाडी हुने छैनन् । उरुग्वेका लुइस स्वारेजले इटलीका खेलाडीलाई टोेकेपछि खेलमा प्रतिबन्ध लगाइएको छ भने कोलम्बियाका राडामेल फाल्काओ चेटकाकारण खेल्न सक्ने छैनन् ।
अहिलेसम्म उरुग्वे र कोलम्बिया ४१ पटक भिड्ेका छन् । जसमा कोलम्बिया १३ तथा उरुग्वे ११ पटक विजयी भएका छन् । ८ खेल भने बराबरी भएका छन् ।








0 comments:
Post a Comment