गत बर्ष प्रति यार्सा एक हजार रुपैँया परेपनि यो बर्ष यार्सागुम्बाको बजार मुल्य मा ह्रास आएकाले प्रति यार्सा पाँच सय रुपैँयाका दरले बेचेको रत्न बहादुर बिष्टले बताउनुभयो । यार्सा संकलन कार्य मान्छेहरुले सोचेजस्तो सजिलो नभई अत्यन्तै जोखिमपूर्ण भएको विष्टको भनाइ छ।
सुरुसुरुमा यार्सा नउम्रिएकाले एक दिनमा चारदेखि पाँच वटासम्म पाइने गरेको यार्सागुम्बापछि एक दिनमा दशदेखि पन्ध्र वटासम्म पाइने गरेकाले आफुले यो अवधिमा छ सय यार्सा गुम्बा भेटाएको विष्टको भनाइ छ ।
गत बर्ष यार्सा संकलन बाटै १५ दिनमा २ लाख पचास हजार कमाएको उनले बताए ।
यसरी कमाएको पैसा घरखर्च चलाउन तथा भाइबहिनीहरुको पढाई र स्वास्थ्य उपचारमा खर्च गर्ने गरेको विष्टको भनाइ छ ।
डोल्पालीहरुको मुख्य आय आर्जनको स्रोतका रुपमा यार्सागुम्बा रहँदै आएको छ । यो सिजनमा यार्सा संकलन गर्न ज्यान जोखिममा राखेर डोल्पाली खटिरहेका छन् ।








0 comments:
Post a Comment