शुक्रवार डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा दाहालले भने– ‘दोस्रो संविधानसभाले पनि संविधान जारी गरिहाल्छ, भन्ने कुनै ग्यारेण्टी छैन् ।’
उनले राज्य पुनर्संरचना र साशकीय स्वरुपमा कांग्रेस र एमालेको साेंच परिवर्तन हुन नसके आफूहरु सहमत हुननसक्ने बताए ।
‘विस्तृत शान्ति सम्झौता, १२ बुंदे सहमति र अन्तरिम संबिधानको भावना विपरीतका कुनै पनि निर्णयमा हामी सहमत हुन सक्दैनौं,’ उनको कथन थियो ।यहाँ आयोजित सेती महाकाली भेलामा सहभागी हुन आएका दाहाललेले बिघटीत संविधानसभामा राज्य पुनर्संरचना आयोगले दिएको आधार परिवर्तन भए आफ्नो पार्टीलाई मान्य नहुने बताए । उनले भने ‘गणितीय रुपमा ठूला पार्टी भएको दम्भ प्रकट गरिए के हुन्छ भन्न सकिदैंन् ।,’
उनले देशमा सरकारको अनुभूति जनताले गर्न नसकेको भन्दै यो सरकारबाट आफू आशावादी नरहेको उल्लेख गरे ।
पार्टी भित्रको आन्तरीक बिबादका कारण बाबुराम भट्टराई पक्षधर कार्यकर्ता सुदूरपश्चिम भेलामा सहभागी भएनन् । ekantipur daily








0 comments:
Post a Comment