Thursday, June 12, 2014

सेलिब्रिटीहरूलाई के सँग डर लाग्छ

(एजेन्सी)–इंग्ल्याण्डका पूर्व कप्तान डेभिड बेकहम हेर्दा बलवान र आँटिलाजस्ता देखिन्छन् तर वास्तविक जीवनमा उनी पनि केहि कुरासँग डराउने खुलासा गरेका छन् । एमाजनको यात्राको बारेमा जानकारी दिने क्रममा उनी यात्राको दौरान भ्यागुतोदेखि निकै डराएको खुलासा गरे ।
‘मलाई भ्यागुतोदेखि निकै डर लाग्छ । यात्रा गर्दा पनि कहिँ भ्यागुतो देख्दाम मेरो मन निकै आत्तिने गर्दथ्यो । म यो कुरामा झुटो बोल्न सक्दिनँ,’ ४९ वर्षीय उनले बताए । ‘एउटा सुन्तला रङको भ्यागुतोलाई देखेर मलाई झन डरलाग्यो किनभने यो निकै डरलाग्दो हुने हामीलाई बताइएको थियो । त्यसैले पनि म झन् डराएको थिएँ,’ बेकहमले थपे ।

तर उनीमात्र एक यस्ता व्यक्ति होइनन् जसलाई यस्तो कुराको फोबिया अर्थात डर लाग्छ । सबैलाई एउटै जनावर वा वस्तुको डर लाग्ने नभएपनि धेरै मानिसहरुलाई कुनै एक चिजको फोबिया हुने गर्दछ । यस्तै क्रममा अरु चर्चित सेलिब्रिटीहरुलाई पनि अचम्म लाग्दो कुराले डराएको हुन्छ । थाहा पाऔँ, कसलाई के देखि डरलाग्छ ।

टाइरा ब्याङ्क्सः डल्फिन
मेगन फक्सः कागज
क्यामरन डियाजः ढोकाको बिँड
एडेलः समुन्द्रि चरा
काइली मिनोगः कोट ह्याङ्गर
निकोल किड्म्यानः पुतली
जोनी डेपः जोकर
म्याथ्यु म्याकनोउघेः घुम्ने ढोका
क्रिष्टिना रिसीः घरभित्र राख्ने बिरुवा
ओरल्याण्डो ब्लुमः सुँगुर
पामेला एन्डरसनः ऐना
एलेक्सा चुङ्गः जैतुन

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment