काठमाडौ, जेठ १२,
संविधानसभाको म्याद सकिनै लाग्दा समेत सहमतिमा पुग्न नसकेका मुख्य दलहरु आज शुक्रवार पनि छलफलमा जुटेका छन् । आज विहानै एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा छलफलमा जुटेका हुन् ।
दलहरुबीच सरकार परिवर्तन र संविधानको मस्यौदा जारी गर्ने विषयमा कुराकानी भैरहेको छ । राज्यपुनर्संरचना बाहेकका विवादित विषयमा दलहरुबीच अनौपचारिक सहमति भएकाले १४ गतेसम्म संविधानको मस्यौदा ल्याउनेगरी दलहरुको गृहकार्य छ ।
यसैबीच मुख्य दलको बैठक अघि एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच छलफल भएको छ । सर्वोच्च अदालतले म्याद थप विरुद्ध फैसला गरेपछि कसरी संविधान निर्माणमा जुट्ने भन्ने विषयमा प्रचण्डको निवास लाजिम्पाटमा माओवादी र मोर्चाबीच छलफल भएको हो ।
कांग्रेस एमालेले संविधान निर्माण प्रकृयालाई अगाडि बढाउन प्रधानमन्त्रीको राजीनामा माग गरेका छन भने माओवादी र मोर्चाले सहमति भएपछि मात्र राजीनामा दिने बताएका छन् । दलहरुबीच राज्यपुनर्संरचनामा सहमति भएमा जेठ १४ अघिनै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिने स्रोतले जनाएको छ ।
वैठकपछि मोर्चाका नेता हृदयेश त्रिपाठीले माओवादी र मोर्चावीच जसरी पनि संविधान जारी गर्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले संघीयता विनाको संविधान जारी हुन नसक्ने र संविधान बन्ने सुनिश्चित भएपछि मात्र अहिलेको सरकारले राजीनामा दिने निर्णय भएको बताउनुभयो ।

0 comments:
Post a Comment