विश्व वातावरण दिवसको सन्दर्भमा अभियान थालेको अभियान्ता सुनिल सापकोटाले जानकारी दिए । धेरै फोहर सङ्कलन गर्नेलाई ‘क्लिनर अफ द इयर अवार्ड २०१४’ बाट सम्मान गरिने सापकोटाले बताए । फोहर सङ्कलन गर्ने विद्यार्थीहरूलाई समेत प्लास्टिकको तौलअनुसारको रकम उपलब्ध गराइनेछ ।
रेज एन्ड हेन्स नेपाल संस्था नै गठन गरेर सप्तगण्डकी, मिलेनियम कलेजलगायत विभिन्न कलेजका विद्यार्थीहरू सरसफाइ अभियानमा संलग्न छन् ।
समाजलाई सरसफाइमा चेतना दिलाउनु र वन वन्यजन्तु तथा वातावरण स्वच्छ राखौँ भन्दै सन्देशसहित अभियानमा विद्यार्थीलाई सक्रिय बनाएको विद्यार्थीहरूले बताएका छन् । उनीहरूले दिवसकै अवसरमा वातावरण संरक्षणसम्बन्धी विद्यार्थीहरूलाई चित्रकला प्रतियोगितासमेत आयोजना गरेका छन् ।
यसैबीच ‘सफा गाउँ सफा सहर, सबै नेपालीको एउटै रहर’ भन्ने नारासहित आज बिहान चितवनमा दर्जनभन्दा बढी सङ्घसंस्थाको सहभागितामा भरतपुरका विभिन्न क्षेत्रमा आज सरसफाइ कार्यक्रम तथा र्याली आयोजना गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा टोलविकास संस्था नगर समन्वय समिति भरतपुर, जिल्ला प्रशासन, भरतपुर नगरपालिका, जिल्ला विकास समिति, विभिन्न महिला समूहलगायत विभिन्न सङ्घसंस्थाले भरतपुरको मालपोत चोकदेखि भरतपुर नगरपालिकासम्म सरसफाइ गरेका छन् ।
सरसफाइसँगै निकालिएको चेतनामूलक र्यालीमा सरसफाइसम्बन्धी नारा लेखिएका प्लेकार्डसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको समेत सहभागिता रहेको थियो । सो अवसरमा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरसफाइ अभियान आफैँबाट अगाडि बढाउनुपर्ने बताए । रासस








0 comments:
Post a Comment