धेरैलाई लाग्न सक्छ, चलचित्रका हिरो श्रीकृष्ण हुन् । तपाइको अनुमान विपरित चलचित्रले श्रीकृष्णकी प्रेमिका स्वेता खड्कालाई हिरोको रुपमा प्रस्तुत गर्दैछ ।
अनलाइनखबरसँगको एक भेटमा श्रीकृष्णले स्वेतालाई हिरो बनाएर आफूले साथ मात्र दिएको बताएका छन् । श्रीकृष्णले यसो भन्दै गर्दा स्वेताले उनलाई सलाम गरिन् ।
आकाश अधिकारीले निर्देशन गरेको यो चलचित्र साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रले चेलिबेटी बेचविखनको कथालाई बोलेको छ । नारीले आफूलाई परेको समस्यामा आफै जुध्नु पर्दछ भन्ने सन्देश ‘कोहिनुर’ले दिन खोजेको छ ।
श्रीकृष्णले भने, ‘नारी भनेको चक्कु हो । जसलाई चलाए काटिरहन्छ, दराजमा थन्काए धार लाग्दैन ।’ यो जोडीले सिनेमा रिलिजको छेकोमै बिहे गर्दैछ । श्रीकृष्ण र स्वेताको रमाइलो भिडियो अन्र्तवार्ता सार्वजनिक गरिनेछ ।








0 comments:
Post a Comment