रातोपाटी अनलाईनमा ‘धनी’ रातोबंगलालाई किन चाहियो हेल्प नेपालको पैसा’ शीर्षकमा शुक्रबार एक सामग्री प्रकाशित भएपछि
एक पत्र पठाउँदै उसले रातोबंगला स्कुललाई नभएर रातोबंगला फाउन्डेसनलाई सहयोग गरेको बताएको हो। हेल्प नेपाल नेटवर्कका अध्यक्ष अमर सिंह बस्नेतद्वार प्रेसित पत्रमा भनिएको छ– हेल्प नेपाल नेटवर्कले ‘धनी’ रातो बंगला स्कूललाई सहयोग गरेको हुंदै होइन। रातो बंगला फाउन्डेशनको साथ लिएर काभ्रे जिल्लाका ‘गरिब’ सरकारी स्कूलका शिक्षकहरूको स्तर उन्नतिका लागि सहयोग गरेको हो।’ हेल्प नेपालले उक्त फाउन्डेसनले अमेरिकाको ब्यांक स्ट्रिट कलेज अफ एजुकेशन र काठमाडौं विश्वविद्यालयसंग मिलेर देशका कतिपय जिल्लाहरूमा आर्थिक अभावबाट गुज्रिरहेका सरकारी विद्यालका खासगरी प्राथमिक तहका शिक्षकहरूको स्तर उन्नतिका लागि काम गर्ने गरेकाले उसलाई सहयोग गरेको बताएको छ । उसले रातोबंगला फाउन्डेसनले आफ्नो सो अभियानमा नेपाली संस्थाबाटै सहयोग भएमा अन्य दाताबाट थप सहयोग जुटाउन अझ सहज हुने भन्दै सहयोगका लागि याचना गरेकाले सहयोग गरेको पनि स्पष्ट पारेको छ ।
‘ जब रातो बंगला फाउन्डेशनले आफ्नो सो अभियानमा नेपाली संस्थाबाटै सहयोग भएमा अन्य दाताबाट थप सहयोग जुटाउन अझ सहज हुने र हेल्प नेपालले गाउंका सरकारी स्कूलहरूकै स्तर उन्नतिका लागि काम गर्ने हुनाले आफ्नो अभियान हेल्प नेपालको कार्यक्षेत्रभित्र पर्ने उल्लेख गर्दै आर्थिक सहयोगका लागि प्रकृयागत ढंगबाट अनुरोध गर्यो,त्यसपछि हामीले उसलाई सहयोग गरेका हौं’ हेल्प नेपालले रातोपाटीलाई एक मेल पठाउँदै भनेको छ,‘हेल्प नेपाल नेटवर्कले नियमित प्रकृया पुरा गरेर रू ४ लाख ९५ हजार सहयोग गर्ने निर्णय गरेको हो। उसले फाउन्डेसनले सन्तोषजनक काम गर्दै गएमा चरणवद्धरूपमा थप सहयोग समेत गर्दै जाने बताएको छ ।
हेल्प नेपालको सन्तोषजनक काम हुंदै गएपछि चरणवद्धरूपमा सहयोग गरिरहने नीति नै रहेको उसले स्पष्ट पारेको छ । ‘हेल्प नेपालको नीति अनुसार सन्तोषजनक काम हुंदै गएपछि चरणवद्धरूपमा सो रकम उपलब्ध गराइन्छ। फाउण्डेशनको हकमा पनि त्यस्तै हुंदै आएको छ ’ हेल्प नेपालले रातोपाटीलाई पठाएको पत्रमा भनिएको छ ।
‘ हेल्प नेपाल नेटवर्क-नेपाल’ले रातोपाटीलाई पठाएको पत्र हेल्प नेपाल नेटवर्कका बारे अनलाईन पत्रिका रातोपाटीमा प्रकाशित समाचार ‘‘धनी’ रातो बंगलालाई किन चाहियो हेल्प नेपालको पैसारु’ शीर्षकको समाचार र त्यसबारे सामाजिक सञ्जालमा ब्यक्त टिप्पणीहरूप्रति हाम्रो ध्यान आकर्षित भएको छ। सहयोग कतै दुरूपयोग त भएन भनि रातोपाटीले ब्यक्त गरेको चिन्ताका लागि धन्यवाद दिंदै हामी त्यसबारे केही तथ्यहरू स्पष्ट पार्न चाहन्छौं।
१. हेल्प नेपाल नेटवर्कले समाचारमा या सामाजिक सञ्जालमा कतिपयले टिप्पणी गरेजस्तो ‘धनी’ रातो बंगला स्कूललाई सहयोग गरेको हुंदै होइन। रातो बंगला फाउन्डेशनको साथ लिएर काभ्रे जिल्लाका ुगरिबु सरकारी स्कूलका शिक्षकहरूको स्तर उन्नतिका लागि सहयोग गरेको हो। सो फाउन्डेशनले अमेरिकाको ब्यांक स्ट्रिट कलेज अफ एजुकेशन र काठमाडौं विश्वविद्यालयसंग मिलेर देशका कतिपय जिल्लाहरूमा आर्थिक अभावबाट गुज्रिरहेका सरकारी विद्यालका खासगरी प्राथमिक तहका शिक्षकहरूको स्तर उन्नतिका लागि काम गर्ने गरेको छ। फाउन्डेशनले विद्यार्थीहरूलाई आधुनिक ढंगबाट कसरी पढाउने, पढाइलाई सकभर अन्तरकृयात्मक कसरी बनाउने, शिक्षकले सहयोगीको भूमिका निर्वाह गरेर विद्यार्थीहरुलाई पढाइको केन्द्रमा कसरी राख्ने जस्ता विषयहरुमा तालिम र शैक्षिक सहयोग प्रदान गर्ने गरेको छ।
२.जब रातो बंगला फाउन्डेशनले आफ्नो सो अभियानमा नेपाली संस्थाबाटै सहयोग भएमा अन्य दाताबाट थप सहयोग जुटाउन अझ सहज हुने र हेल्प नेपालले गाउंका सरकारी स्कूलहरूकै स्तर उन्नतिका लागि काम गर्ने हुनाले आफ्नो अभियान हेल्प नेपालको कार्यक्षेत्रभित्र पर्ने उल्लेख गर्दै आर्थिक सहयोगका लागि प्रकृयागत ढंगबाट अनुरोध ग(यो, हेल्प नेपाल नेटवर्कले नियमित प्रकृया पुरा गरेर रू ४ लाख ९५ हजार सहयोग गर्ने निर्णय गरेको हो। हेल्प नेपालको नीति अनुसार सन्तोषजनक काम हुंदै गएपछि चरणवद्धरूपमा सो रकम उपलब्ध गराइन्छ। फाउण्डेशनको हकमा पनि त्यस्तै हुंदै आएको छ।
३. यसर्थ, हेल्प नेपाल नेटवर्कले कुनै धनी संस्थालाई सहयोग गरेको नभइ काभ्रेका नौवटा सरकारी विद्यालयका शिक्षकहरूको पढाउने शैलीमा गुणात्मक सुधारका लागि कार्यशाला, तालिम, अनुगमन र पढाउन सघाउने शैक्षिक सामग्री खरिद गर्न सो सहयोग गरेको हो। सरकारी स्कूलका शिक्षकहरूको स्तरमा सुधार नआएसम्म ती स्कूलबाट उत्पादन हुने विद्यार्थीहरू बेरोजगार हुने, कामको खोजिमा विदेशिनु पर्ने बाध्यता सधैं कायम रहने छ। हामी ठूलो परिवर्तन गर्न नसकौंला तर हाम्रा साना प्रयासहरू सधैं सो स्थिति सुधार्नमा लक्षित छन्। तपाईंहरूले हामी मार्फत ती स्कूलहरूलाई गरेको सहयोगको राम्रो सदुपयोग भएको कुरा हामी तपाईंहरूलाई विश्वास दिलाउन चाहान्छौं।
४.हामीले विगतमा पनि परोपकारी कामका लागि तुलनात्मकरुपमा सम्पन्न देखिने बीपी कोइराला आंखा अस्पतालजस्ता संस्थाहरुसंग मिलेर काम गरेका छौं। प्रभावकारीरूपमा परोपकारी काम गर्न त्यसप्रकारका सहकार्यहरु जारी राख्नु उपयुक्त ठान्दछौं। सबै काम आफै गर्न सकिंदैन। हामीले अरु धेरै नेपाली संस्थाहरूसंग पनि मिलेर काम गरेका छौं। उदाहरणको लागि केही समयअघि सप्तरीमा भएको आगलागी पीडितहरुकालागि राहत सामग्री वितरण गर्न हामीले ‘युवा दलान’ नामक संस्थासंग सहकार्य गरेका थियौं। अरूण सिंह बस्नेत अध्यक्ष, हेल्प नेपाल नेटवर्क-नेपाल








0 comments:
Post a Comment