अर्जेन्टिनी टोलीका कप्तानसमेत रहेका मेसीले यसअघि पनि राष्ट्रिय टोली र बार्सिलोनाबाट खेल्दा धेरैपटक मैदानमै बान्ता गरेका थिए। विश्वकपको आइतबार राति भएको जर्मनीविरुद्धको फाइनल खेलको पहिलो हाफमा अचानक बान्ता गरेका हुन्।
खेलका क्रममा मेसीले बान्ता गर्ने विषयलाई लिएर अर्जेन्टिना र बार्सिलोनाका चिकित्सकले उनको गहन परीक्षण गरे पनि हालसम्म केही पत्ता लाग्न सकेको छैन। 'खेलका क्रममा अचानक पेट मडारिएर आउँछ र म बान्ता रोक्न सक्दिनँ', मेसी भन्छन्। यसले हालसम्म मेसीको प्रदर्शनमा भने कुनै असर पारेको देखिँदैन। -एजेन्सी








0 comments:
Post a Comment