मेष (चू चे चो ला ली लु ले लो अ)
आयको स्तर बढ्ने छ । रमाइलो स्थानको यात्राको योग रहेको छ । कलात्मक कार्यमा सफलता हात लाग्नुको साथै अतिरिक्त आम्दानीको समेत योग रहेको छ । तपाईंमा देखिएको सङ्कोची स्वभावका कारण अवसर गुम्न सक्छ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
आफ्नो आहार(बिहारमा ध्यान दिनुहोला स्वास्थ्यमा प्रतिकूलता देखिएको छ । आफ्नो रिसलाई कन्ट्रोल गर्नु होला । केही बिचित्रको सोच आउनाले तपाईंको कामना असफल रहला । टाढाको यात्रा नगर्नु नै हितकर हुनेछ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
आयको स्रोत गुम्ने समय रहेको छ । गुप्त शत्रुको कारण मानसिक कमजोरी आउला । समय सापेक्षित कार्य गर्न नसक्नु तपाईंको कमजोरी हुनेछ । टाढाको यात्रा घातक रहने छ । मित्रबाट धोका होला ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
आफ्नो कारण अरुलाई हुन गएको कमजोरीले दुखित बनाउने छ । सहि काम र सहयोगको उल्टो अर्थ लाग्नाले काम गर्ने मन मरेर आउने छ । दिनको मध्यतिर आर्थिक स्थिति मजबुत बन्ने छ ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
मुल सम्पत्ति गुम्ने योग रहेको छ । आत्मबल कमजोर रहनाले लक्ष प्राप्तिमा समेत समस्या आउने छ । समयको भेललाई चिन्न नसक्नु तपाईंको कमजोरी हुनेछ । इष्टमित्रबाट टाढिनु पर्ने हुन सक्छ ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
शारीरिक सुख मिल्नेछ । सोखमा अत्याधिक खर्चको योग रहेको छ । तपाईंको सहि निर्णयको सबैले सत्कार गर्ने छन् । रमाइलोमा खुलेरै लागिने छ । लेनदेनमा भने सावधान रहनु पर्ला ।
तुला (र री रु रे रो ता ती तू ते)
शैक्षिक क्षेत्र विशेष फलदायी रहला । मनको कुरा बाहिर आउन नपाउँदा नकारात्मक असर पर्ने तर्फ सजग रहनु होला । मित्रहरु बीच विश्वासको खडेरी लाग्नाले असमझदारी बढ्ने छ ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
आत्मबल कमजोर हुनेछ । गुप्त शारीरिक समस्याबाट जुध्नु पर्नेछ । मनमा लागेको कुरा बाहिर ल्याउने कोशिस गर्नु होला । कुटुम्बीको नजरमा कमजोर बनिने अवस्थाको सिर्जना हुनेछ ।
धनु (य यो भा भी भू ध फा ढ भे)
शरीरमा चोटपटकादीबाट गुज्रनु पर्ला । सोचे जस्तो कार्य नबन्दा चिन्ता बढ्ने छ । धार्मिक कार्यप्रति आस्था घट्ने छ । यात्रा पीडादायी हुनेछ । नसोचेको कुरा आइलाग्नाले निर्णय गर्न गाह्रो पर्नेछ । ब्यापार घाटामा जाला ।
मकर (जो जा जी खी खू खे खो गा गी)
पारिवारीक रुपमा कलह हुनेछ । बहुमुल्य बस्तु गुम्ने योग छ । शारीरिक कष्ट भोग्नुका साथै गलत आरोपको समेत समना गर्नु पर्ला । प्रेममा धोका हुनेछ भने इष्टमित्र टाढिने छन् ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
नसोचेको कार्य सफल बन्नाले सन्तुष्टि मिल्ने छ । मित्रहरुको सहयोगी कार्यबाट प्रभावित बनिने छ । सुखद समाचारले उत्साहित बनिने छ । तपाईंको कामको जश अरुले नै लिएबाट भने पीडित बनिने छ ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
पहिले रोक्किएर बसेका कामहरु सम्पन्न हुने छन् । आफ्नो निर्णय सहि भएबाट खुसी मिल्नेछ । मनमा बृहद प्रसन्नता हुने समय छ । आफन्तजनको सुखद् समाचारले तपाईंलाई पनि खुशी बनाउने छ ।
राशीले जे जस्तो बताए पनि अाफ्नो कर्म गर्न न छोड्नुहोला । यहाँ सम्म अाइपुग्नु भएको छ यही तलको बक्समा एकक्लिक हान्न पनि नभुल्नुहोला सहयोगको लागि धन्यवाद !








0 comments:
Post a Comment