काटिएको कान हातमा लिएर पुगे अस्पताल
तमिलनाडुको रामनाथपुरमा दुई छिमेकीबिच सोमबार सामान्य कुरामा झगडा हुँदा २१ वर्षका एक व्यक्तिको कान काटिएको छ ।मोहम्मद इकबालको आफ्ना छिमेकी रघुमतरामसँग निकै सामान्य कुरामा सुरु भएको झगडाले उग्र रुप लिँदा रघुमतरामले इकबालको कान काटेका हुन् ।
कान काटिएपछि पनि निकै हिम्मत जुटाएर इकबालले आफ्नो कान खोजे र त्यसलाई लिएर तुरुन्त जिल्ला मुख्यालय सरकारी अस्पताल पुगे जहाँ डाक्टरहरुले उनको कानलाई सफलतासँग टाँका लगाएर जाडेका छन् । डाक्टरहरुका अनुसार इकबालको सानो शल्यक्रियाले नै उनको कान जोडिएको र उनलाई केहि घण्टापछि नै अस्पतालबाट डिस्चार्ज गरिएको छ । उता रघुमतरामलाई १५ दिनको न्यायिक हिरासतमा पठाइएको पुलिसले जानकारी दिएको छ । (एजेन्सी)








0 comments:
Post a Comment