एक मुस्लिम धर्मगुरुशेख गाजी विन अब्दुल अजिज अल समारीले कुवेती टेलिभिजनलाई दिएको खबर अनुसार विवाह गरेको केही घण्टामै यस्तो घटना भएको थियो । साब्क नामक वेबसाइटका अनुसार ती बेहुलीका भुपु प्रेमीले फुलको बास्केटमा उपहार पठाउने निहुँमा एक पेनड्राइभ समेत पठाएका थिए । साथै सो पेनड्राइभका सामाग्री हेर्नुहोला भनेर समेत एउटा कागजमा लेखिएको रहेछ । त्यो पेनड्राइभमा के रहेछ भनेर कम्प्युटरमा खोलेर हेर्दा बेहुला झसँग भए । त्यहाँ र आफ्नै श्रीमतीले त्यो पेनड्राइभ पठाउने युवकसँग रोमान्स गरेका आत्मीय तस्वीरहरु पो रहेछन् ।
आफ्नी श्रीमतीको असली रुप देखेपछि बेहुला रन्थनिए । हनिमुनका लागि कोठामा छिरेका युवकले तत्कालै श्रीमतीसँग डिभोर्स मागे । धर्मगुरुका अनुसार ती युवक अर्को दिन मानसिक चोट लिएर उनीसँग भेट्न आएका थिए । ती बेहुलाले आफुले त्यस्ती केटीलाई अब श्रीमती नबनाउने निधोमा पुगेको कुरा धर्मगुरुलाई सुनाए ।
वास्तवमा त्यो भुपु प्रेमीले ती युवतीको बिहे हुने लगभग पक्का भैसकेपछि एकदिन उनीसँग भेटेर सँगै तस्वीर खिचाएको रहेछ । पछि उसले तिनै तस्वीरको माध्यमबाट युवतीलाई ब्लाकमेल गर्दै धम्काउने गरेको रहेछ । आफुसँग बिहे नगरेर अरु कसैसँग बिहे गरेमा फोटोहरु सार्वजनिक गरिदिने धम्की बेलाबेलामा दिने गरेको रहेछ ।
अन्ततः ती युवतीले अर्कै केटासँग बिहे गरेपछि त्यो युवक निम्तालुको रुपमा आएर बेहुला बेहुलीलाई फुलको बास्केट उपहार दिएजस्तो गरी त्यसमा उनै तस्वीरहरु रहेको पेनड्राइभ समेत हालेछ ।
कुवेती टेलिभिजनसँग यस्तो कुराको खुलासा गर्ने ती साउदी धर्मगुरुले कुन देशमा यस्तो घटना घटेको हो ? भन्ने कुरा भने खुलाएका छैनन् । अनलार्इन खबर








0 comments:
Post a Comment