घटना विवरण अनुसार बुधवार राती उमानाथले साढे ११ बजे मञ्जुसँग यौन सम्पर्क गर्न लाग्दा उनले मनानेपछि छातीमा मुक्का प्रहार गरी उनको हत्या गरेको गहतराजले प्रहरी समक्ष बयान दिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।
हत्याको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षकको नवीन घिमिरेको कमाण्डमा गएको टोलीले दाह संस्कार गर्न रोकेर शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगेको र उमानाथलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा प्रहरी समक्ष उनले पत्नीलाई मुक्का प्रहार गरेको बयान दिएको इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी सञ्जयवहादुर राउतले जानकारी दिए।
पत्नीको हत्यामा संलग्न उमानाथकी जेठी पत्नी एक नावालक छोरा छाडेर अर्कैसँग पोइल गएपछि उनले मञ्जु गहतराजसँग विवाह गरेका थिए। मृतक मञ्जुका पाँच वर्षीय छोरा र तीन वर्षीया छोरी छन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। Annapurna Post








0 comments:
Post a Comment