'डायबिटिज जर्नल' मा प्रकाशित अध्ययनमा भनिएको छ— चिसो वातावरणले शरीरमा ब्राउन फ्याटलाई बढाउँछ, जुन मधुमेह र मोटोपना जस्ता रोगबाट जोगाउन सहायक हुन्छ ।
कुनै पनि व्यक्तिमा ब्राउन फ्याटको कमी वा वृद्घि बसोबास स्थलको वातावरणमा निर्भर हुने गर्छ । चिसो मौसमले यसलाई बढाउँछ भने गर्मी हावापानीले नष्ट गर्छ । यसअघि गरिएका अध्ययनहरूले पनि के प्रष्ट पारेका थिए भने, ब्राउन फ्याटको मात्रा बढी भएका मानिस दुब्लापातला हुन्छन् र उनीहरूको रगतमा चिनीको मात्रा पनि कम हुन्छ । चिसोले मानिसको शरीरमा ब्राउन फ्याटको मात्रा ३० देखि ४० प्रतिशतसम्म बढाउन सक्छ ।
उक्त अध्ययन अन्तर्गत पाँचजना स्वस्थ व्यक्तिलाई चार महिनासम्म १९ डिग्री सेल्सियसदेखि २७ डिग्री सेल्सियससम्मको निर्धारित तापक्रममा राखिएको थियो ।
सहभागीहरू दिनभर सामान्य जीवन व्यतीत गरेपछि राति करिब दस घन्टा तापक्रम नियन्त्रित कक्षमा बस्ने गरेका थिए । चिसोमा बस्दा उनीहरूको शरीरमा ब्राउन फ्याट बढेको पाइयो भने गर्मीमा बस्दा घटेको पाइयो ।








0 comments:
Post a Comment