रत्ननगर : चितवनको नारायणगढमा एक बालिकाले आत्महत्या गरेकी छिन्।भरतपुर नगरपालिका–४ स्थित नारायणगढको न्युरोडमा स्थानीय विष्णुप्रसाद क्षेत्रीकी १२ वर्षीया छोरी देविला क्षेत्रीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। शनिबार घरमै पङ्खामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा स्थानीय र परिवारले फेला पारेपछि उनलाई गम्भीर अवस्थामा उद्धार गरिएको थियो। देविलाको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको प्रहरीले जनाएको छ।
 |
| यो तस्वीर सन्दर्भका लागिमात्र गुगल इमेजबाट साभार गरिएको हो |
बाह्र वर्षीया बालिकाले के कारणले आत्महत्या गरेकी हुन् त्यो भने खुल्न सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। रासस annapurnapost
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
0 comments:
Post a Comment