Sunday, July 6, 2014

प्रेमिकाले धोका दिए पछि प्रहरी लगाएर पैसा असुल

खोटाङ : प्रेमिकाले धोका दिएपछि खोटाङका एक युवाले प्रेमिकालाई दिएको रकम फिर्ता लिएका छन्। प्रेमिकाबाट धोका पाएपछि हाल मलेसियामा काम गर्दै आएका नुनथला–८ का सुबोध राईले विभिन्न समयमा प्रेमिकालाई पठाइदिएको रकम फिर्ता लिएका हुन्।

२०७० असार–३१ गतेका दिन ‘सँगै मर्ने र सँगै बाँच्ने’ कसम खाएर वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका राईले प्रेम गरेको अवधिमा प्रेमिकालाई पठाएको रु ५६ हजार २५० प्रहरीको सहयोगमा फिर्ता लिएका हुन्। विभिन्न बहानामा पैसा लिएकी प्रेमिकाले धोका दिएर अर्कैसँग विवाह गरेपछि प्रहरीको सहयोगमा रकम फिर्ता लिइएको राईले बताए।

विदेशबाट फर्किएपछि विवाह गर्ने सर्तमा मलेसियाबाट मासिक रुपमा खर्च पठाइदिने दिए पनि अर्कैसँग विवाह गरेपछि आफूले पठाएको रकम फिर्ता लिएको राईको भनाइ छ। राईका अनुसार उनीहरुबीच तीन वर्षअघिदेखि प्रेम सम्बन्ध रहेको पाइएको छ ।

बिना कारण झुटो आरोप लगाउँदै प्रेमिकाले गएको जेठ तेस्रो साता अर्कै केटासँग विवाह गरेकाले प्रेमीले रकम असुल गराइदिन भन्दै प्रहरीसमक्ष इमेलमार्फत उजुरी दिएको प्रहरीले जनाएको छ। राईले विभिन्न समयमा प्रेमिकालाई पैसा पठाउनका लागि आइएमई गरेको १४ वटा बीलसहित प्रहरीसमक्ष रकम फिर्ताका लागि उजुरी दिएका थिए।

प्रहरीमा उजुरी दिएर फोनबाट बारम्बार ताकेता गरेपछि पूर्वप्रेमिकाले राईका साथी राजन भट्टराईमार्फत रकम फिर्ता दिएकी हुन् । प्रेमिकाले विवाह गर्नुअघि फेसबुक र फोनबाट अपशब्द बोल्ने र सम्झाउँदा उल्टै तर्किएको व्यवहार देखाएको राईको भनाइ छ । रासस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment