Sunday, July 6, 2014

अर्जेन्टिना २४ वर्षपछि विश्‍वकपको सेमिफाइनलमा खेल्ने चान्स पाउदैछ

रियो दे जेनेरियो : अर्जेन्टिना विश्‍वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाले शनिबार राति भएको क्वार्टरफाइनलमा बेल्जियमलाई १-० गोलले हरायो।

अर्जेन्टिना २४ वर्षपछि विश्‍वकपको सेमिफाइनलमा पुगेको हो। अर्जेन्टिनाको जितमा एकमात्र गोल गोन्जालो हिगुएनले गरे।

उनले खेल सुरु भएको आठौं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो। हिगुएनले विश्‍वकपमा गरेको यो पहिलो गोल हो। बेल्जियमले अर्जेन्टिनालाई कडा चुनौती दिए पनि गोल भने फर्काएन सकेन। अर्जेन्टिनाले ५१ र बेल्जियमले ४९ प्रतिशत समय बल नियन्त्रणमा राखेका थिए।

अर्जेन्टिनाले सन् सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो। अर्जेन्टिना सन् १९९० पछि विश्‍वकपको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो। सन् १९९० मा फाइनलसम्म पुगेको अर्जेन्टिनालाई उपाधि भिडन्तमा जर्मनीले हराएको थियो। सन् १९८६ को विश्‍वकपको सेमिफाइनलमा बेल्जियमलाई हराएर नै अर्जेन्टिना फाइनलमा पुगेको थियो। त्यसयता अर्जेन्टिनाले बेल्जिमलाई हराउन सकेको थिएन। बेल्जियम भने २८ वर्षपछि विश्‍वकपको क्‍वार्टरफाइनल पुगेको हो। -एजेन्‍सी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment