Saturday, July 5, 2014

किन अाए यी ८० जना वैज्ञानिक नेपालमा

५ देशका ८० कृषि वैज्ञानिक नेपालमा
काठमाडौ, असार २१ - दक्षिण एसियाको पूर्वी गंगाको तटवर्ती आसपाससँग जोडिएका नेपाल, भारत, बंगलादेशका ७ हजार गरिब किसानहरूमा लक्षित चारवर्षे परियोजनासँग जोडिएका कृषि प्रविधिबारे एकअर्कालाई जानकारी गराउन ५ मुलुकका ८० जना वैज्ञानिक र प्राविधिकहरू राजधानी आइपुगेका छन् । शुक्रबारदेखि सुरु भएको वैज्ञानिकहरूको तीनदिने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, मेक्सिको र अस्ट्रेलियाका वैज्ञानिकहरूले २२ कार्यपत्र प्रस्तुत गर्नेछन् ।
अस्ट्रेलियन सरकारको आर्थिक सहयोगमा चार वटा मुलुकमा वैशाखदेखि एकसाथ सुरु भएको यो परियोजनाले गरिबी निवारण गर्दै आगामी १० वर्षमा ३० करोड मानिसहरूलाई प्रभावित पार्ने लक्ष्य लिएको छ । धनुषा र सुनसरीमा यस परियोजनाले अनुसन्धानका लागि चार वर्षमा ४ करोड रुपैयाँ हाराहारी सहयोग गर्नेछ ।

वैशाखदेखि सुरु भएको परियोजनाले दुई जिल्लाका १० गाउँका २ सय किसानसँग मिलेर खेती प्रणालीमा काम थालिसकेको छ । यसमा कृषि अनुसन्धान परिषद् (नार्क), कृषि विभाग, अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट), अन्तर्राष्ट्रिय कृषि अनुसन्धानका लागि अस्ट्रेलियन केन्द्र (एसीआईएआर) संलग्न छन् । जलवायु परिवर्तन, धानमा आधारित खेती प्रणालीलगायतमा वैज्ञानिकहरूले साझा कार्यक्रम बनाई काम गर्नेछन् ।

यस परियोजनाको शुक्रबार उद्घाटन गर्दै अस्ट्रेलियन राजदूत ग्लिन ह्वाइटले सघन कृषि प्रणालीले गरिबी न्यूनीकरणमा साना किसानलाई लगानी बढाउन प्रेरित गर्ने बताए ।इकान्तिपुरमा छापिएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment