Saturday, July 5, 2014

आमाविरुद्ध एक सय करोडको मानहानी मुद्दा

जिया खानकी आमाविरुद्ध एक सय करोडको मानहानी मुद्दा

बलिवुड अभिनेता आदित्य पन्चोली र उनको परिवारले जिया खान हत्या प्रकरणमा उनकी आमा राबिया सानका विरुद्ध एक सय करोडको मानहानी मुद्दा दायर गरेका छन् ।
आदित्यले राबियामाथि उनको परिवारलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पन्चोली परिवारले उजुरीमा राबिया खानले सामाजिक सञ्जाल ट्वीटरमा पन्चोली परिवार विरुद्ध यस्तो ट्वीट गरेका छन् जसले उनीहरुको बलिवुडमा निकै बदनामी भएको उललेख गरेका छन् । मुम्बाई हाइकोर्टमा शुक्रबार आदित्य पन्चोलीको मुद्दाको सुनवाई भएको थियो ।

अदालतले राबियालाई सूचना पठाउने निर्णय गरेको छ । यस मामिलाको आउँदो सुनवाई जुलाई ९ मा हुने भएको छ । अब, जिया खानको मुद्दामा सिबीआईले अनुसन्धान गर्ने भएको छ । धेरैले यसलाई आत्महत्या बताईरहँदा जियाको आमा राबियाले यसलाई हत्या भन्दै आएकी छिन् । (एजेन्सी)  

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment