अधिकांश सरकारी कार्यालय धुम्रपान गर्ने थलो
ललितपुर, असार २५ - सरकारले सार्वजनिक स्थलमा धुम्रपान प्रतिबन्ध लगाए पनि ललितपुरका अधिकांश सरकारी कार्यालय हाताभित्रै धुम्रपान गर्नेको संख्या घटेको छैन । सरकारी कार्यालयमा त निकै लामो समयदेखि सरकारले धूमपान निषेध गरेको छ । मालपोत र नापी शाखा, ललितपुर उपमहानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड जवलाखेल शाखा र नेपाल विद्युत प्रविकरणको कार्यालय हाताभित्र कर्मचारी र सेवाग्राही दुवैले धुम्रपान गर्ने गरेका छन । मंगलबार धापाखेल नागदहका ६० वर्षे चिरीकाजी महर्जन घरबारी नामसारीको लागि मातपोत कार्यालयमा आएका थिए । दमको विरामीका कारण धेरै हिड्न नसक्ने उनी कार्यालय भित्रको कुर्सीमा बसिरहेका थिए ।उनी जस्तै धेरै सेवाग्राही कुर्सीमा बसिरहेका थिए । एक जना लेखापढि व्यवसाय कुर्सी सँगैको पसलबाट चिया र चुरोट बोकी महर्जनको छेउमा बसि चिया सँगै चुरोट तानेर कुराकानी गर्न थाले । महर्जनलाई उसै त सास फेर्न गाह्रो भइरहेको थियो । त्यस माथि चुरोटको धुवाले झन गाह्रो भएर उठेर हिडे ।
केहिबेर पछि अर्को सेवाग्राहीले खल्तीबाट चुरोट निकाली सल्काइ तान्न थाले । यस्तो क्रम निरन्तर चलिरहयो । सेवाग्राहीले कार्यालय कम्माउण्डभित्र मात्रै नभई मालपोत भवनको कैसीमा बसेर समेत धुम्रपान गर्ने गरेको पाइएको छ ।सरकारी कार्यालय हाताभित्र सुर्तिजन्य पर्दाथ बिक्रि वितरण गर्न र सेवन गर्न निषेध गरिएको छ । तर मालपोत र नापी कार्यालयको कम्पाउण्ड भित्रको चिया पसलमा चुरोट बिक्रि गर्ने गरेको छ । कार्यालयका कर्मचारी र सेवाग्राही त्यहि पसलमा चुरोट किनि कार्यालय भित्र बसि खाने गर्दछन ।
मालपोत कार्यालयको भित्तामा 'कार्यालयको कम्पाउण्डभित्र र वरिपरी धुम्रपान तथा सुर्ति सेवन गर्न निषेध गरिएको र सुचनाको अवज्ञा गर्नेलाई कानुनी अुनसार कारवाही गरिनेछ ।' भनी लेखिएको बोर्ड झुन्ड्याइएको छ । तर कसैको ध्यान जान सकेको छैन ।नापी कार्यालयका प्रमुख घुव्रपसाद अर्यालले कार्यालयभित्र धुम्रपान गर्नेलाई कानुन अनुसार कारवाही गरिने बताए । उनले भने, 'धुम्रपान गरेकोबारे जोकोहीले पनि उजुरी दिन सक्छ ।'
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड जावलाखेल शाखाका कर्मचारी भने कार्यालय कोठा भित्रै बसी धुम्रपान गर्ने गरेको पाइएको छ । कार्यालयभित्र सरकारी पोसाकमा धुम्रपान गरी कुरा गरिराखेको देखेर मंगलबार धाराको मिटर हराएर नयाँ लिनका लागि निवेदन दिन आएका सुनाकोठीका रामकुमार महर्जन दिक्क भएर घर फकिए । उनले भने, 'प्राय सरकारी कार्यालयमा यस्तै हुने गरेको छ, कसैले केहि गर्न सकेको छैन ।'
नेपाल विद्युत प्रधिकरण लगनलेख शाखाका कर्मचारी पनि कार्यालय भित्रै धुम्रपान गर्ने गरेका छन । कार्यालयको ठाँउ ठाँउमा धुम्रपान निषेधित क्षेत्र लेखिएको छ । तर कसैको वास्ताको विषय बनेको छैन । ललितपुर उपमहानगरपालिकामा पनि उस्तै समस्या छ ।
धुम्रपानले गर्दा सेवाग्राही मर्कामा पर्ने गरेका छन । प्राय कर्मचारी खाजा खाएर धुम्रपान गरी मस्तसँग गफ गरेर बस्ने गरेका छन । सेवाग्राहीले बोलाउन आउदा एउटा चुरोट सक्काएर आउछु भन्ने गरेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा प्रविधि लेखनाथ पन्थीले अनुगमन गरी कारवाही गर्ने गरेको बताए । उनले भने, 'अटेर गर्नेलाई कानुन अनुसार मुद्दा चलाइनेछ ।' जिल्ला प्रशासन कार्यालयका प्रमुख शशि शखेर श्रेष्ठले कार्यालय हाताभित्र धुम्रपान गर्ने सेवाग्राही र कमचारी दुवैलाई सुर्तिजन्य पर्दाथ नियन्त्रण र नियमन गर्ने ऐन अनुसार कारवाही गरिने बताए । उनले भने, 'कार्यालय भित्र धुम्रपान गेरेको देख्ने बितिकै सेवाग्राहीले खबर दिनु पर्छ ।' इकान्तिपुरमा आज प्रकाशित छ ।








0 comments:
Post a Comment