Wednesday, July 9, 2014

नेयमरबिनाको घरेलु टोली ब्राजिल सेमिफाइनलबाट बाहिरिपछि रूवाबासी

२५ असार, काठमाडौं । विश्वकप फुटबलको सेमिफाइनलमा जर्मनीले ब्राजिलविरुद्ध गोलको वर्षा गरेको छ । स्टार स्ट्राइकर नेयमार घाइते भएपछि निकै कमजोर देखिएको पाँच पटकको विश्व विजेता ब्राजिल अर्को महारथी जर्मनीसँग ७-१ ले पराजित हुँदै सेमिफाइनलबाटै बाहिरएको छ ।

ब्राजिलले पहिलो हाफमा पाँच गोल खाएको थियो । दोस्रो हाफमा जर्मनीले दुर्इ गोल थप्दा ब्राजिलले सान्त्वना गोल भने गरेको छ । खेलको ११ औं मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीको खाता खोले । टोनी क्रुसको कर्नरमा उनले सेन्टर बक्सबाट गोल गरे । खेलको २३ औं मिनेटमा मिरोस्लाभ क्लोजले अग्रता दोब्बर पारे । यो उनको कीर्तिमानी गोल समेत थियो । उनले ब्राजिलका पूर्व स्टार रोनाल्डोको नाममा रहेको १५ गोलको कीर्तिमान भंग गरे । क्लोजले विश्वकपमा सर्वाधिक १६ गोल गरे ।

२४ र २६ औं मिनेटमा टोनी क्रुजले लगातार दुई गोल गरे भने २९ औं मिनेटमा सामी खेदेराले गोल गरेपछि जर्मनीले पहिलो हाफमा ५ गोलको अग्रता लिएको छ । जर्मनीले क्लोजको गोलको ६ मिनेटमा चार गोल गर्‍यो ।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको ब्राजिलले केही राम्रा मुभ बनाएपनि गोल गर्न सकेन । ब्राजिलियन टोलीमा गोलस्कोरर नेयमारको अभाव प्रष्ट देखिएको थियो । ओस्कार, पाउलिन्हो र रामिरेजको प्रहार जर्मन गोलकिपरले रोके । कमजोर डिफेन्सको फाइदा उठाउादै ६९ औं मिनेटमा जर्मनीका आन्द्रे सुर्ले गोल गरे । क्लोजको स्थानमा मैदान प्रवेश गरेका उनले कप्तान फिलिप लाहमको पासमा तीन डिफेण्डरको बीचबाट क्लोज रेन्ज गोल गरे ।

 ७८ औं  मिनेटमा सुर्लेले व्यक्तिगत दोस्रो गाेल गरेपछि घरेलु टोली ७-० ले पछि पर्यो । ८४ औं मिनेटमा रामिरेजको प्रहार जर्मन गोलरक्षक नुयुरले बचाए भने ८९ औं मिनेटमा ओस्कार चुके । लगतै बर्नार्डको प्रहार निकै आकासियो । काउन्टरमा राम्रो बल लगेको जर्मनीका ओजिलको प्रहार फ्रेममा पर्न सकेन ।

खेलको अन्तिममा ब्राजिलका ओस्कारले गोल गरेपनि निकै ढिला भइसकेको थियो । घरेलु टोलीविरुद्ध ७-१ को जितका साथ जर्मन फाइनलमा प्रवेश गरेको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment