Sunday, July 6, 2014

बुढेसकालमा मिथिलाको विहे

पूर्वआइजीपी मोतीलालले यसरी मिथिलालाई भित्र्याए

काठमाडौं: पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले अभिनेत्री मिथिला शर्मासँग विवाह गरेका छन्। उनीहरूले शनिबार राजधानीमा एक समारोह गरी विवाहको औपचारिक घोषणा गरेका हुन्।

रिसेप्सनमा पारिवारिका सदस्य, नजिकका आफन्त र केही कलाकार सहभागी थिए। उनीहरूबीच केही दिनअघि नै 'कोर्ट म्यारिज' भएको थियो। बोहरा र मिथिलाबीच पहिले नै टीकाटालो भएको थियो। बोहरा र मिथिलाबीचको लामो चिनजान आपसी समझदारीमा विवाहमा परिणत भएको पारिवारिक स्रोतले बताएको छ।

बोहराकी पहिलेकी पत्नीको एक वर्षअघि नै निधन भएको थियो। पत्‍नीको निधनपछि पारिवारिक पहल र सहमतिमा मिथिलासँगको चिनजानलाई विवाहको रूप दिइएको स्रोतले बतायो। महेन्द्र पुलिस क्बलमा कलाकारका रूपमा काम गर्दा नै मिथिला र बोहराबीच चिनजान भएको थियो।मिथिलाले 'कोर्ट म्यारिज पहिले नै भइसकेको जानकारी दिदै त्यसलाई औपचारिकता दिन शनिबार समारोह गरिएको बताइन्।
तस्‍बिर सौजन्‍य: शोभा केसी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment