जब खतरापूर्ण साइरन बज्दछ (जब हमासले गाँजाबाट रकेट पठाउँछ तब सुरक्षाका लागि इजरायलमा पब्लिक एलर्टका लागि साइरन बज्दछ) तेति बेला के कस्ता उपायाहरू अपनाउनु पर्दछ यी इजरायली सुरक्षा निकायबाट प्राप्त निर्देशनहरू पालना गर्नु पर्दछ।
| किपात बर्जेल जस्ले रकेटहरू अाकाशमै धवस्त पार्छ |
गाँजाबाट तपार्इं कुन क्षेत्रमा बस्नु हुन्छ त्यहाँ रकेट अाइपुग्न लाग्ने समयको जानकारी यो तलको चित्रको सहायता लिनु होला
![]() |
| गाँजाबाट रकेट अाइपुग्न लाग्ने समय |
जब साइरन एलर्ट सुन्नु हुन्छ अथवा विस्फोटको अावाज सुन्नु हुन्छ, रकेटहरू अाउँदै गरेको देख्नु हुन्छ, तेति वेला साइरन बजुञ्जेल सम्ममा सुरक्षा उपायाहरू तथा प्रकियाहरू पूर्ण रूपमा पालना गर्नु अति अावश्यक हुन अाउँदछ,यो कुरा तपार्इ बसेको क्षेत्रमा गाँजाबाट रकेट अाइपुग्न लाग्ने समयमा भर पर्दछ र तपार्इले यहाँ दिइएको निर्देशनहरू पालना गर्नु पर्दछः
घरमा हुनुहुन्छ भनेः घरको सुरक्षित एरिया मा बस्ने, भरयाङको तल बीच भाग तिर बस्ने, प्रत्येक सपिङ सेन्टर तथा सुभर मार्केटमा सेल्टर shelter लेखिएको ठाउँ तिर गएर बस्ने, प्रत्येक घरको तल सेक्युरीटि रूम हुन्छ त्यहाँ गइ बस्ने र सबै झ्याल ढोकाहरू बन्द गरी बस्ने ।
घरभन्दा बाहिर तथा बाटोमा हुनुहुन्छ रेड एलर्ट साइरन बज्योः जति सक्दो चाँडो नजिकैको घर तथा बिल्डङ भित्र छिर्ने,भित्तमा अढेस लाग्ने, यदि नजिकैमा बिल्डिङहरू शेल्टरहरू छैन भने अथवा तपार्इ खुला ठाउँमा हुनुहुन्छ भने भुर्इंमा घोप्टो परेर दुइ हात टाउको माथि राखी टाउकोलार्इ लुकाउने र ५ देखि दश मिनेटसम्म पर्खने।
सार्वजनिक यातायात तथा सवारी साधनमा हुँदाः यदि सार्वजनिक यातायातका साधनहरूमा हुँदा ड्राइभरले नै निर्देशन दिनेछ र इजरायलीहरू ले जसो गर्छन अाफू पनि तेसै गर्ने । अाफैले सवारी साधानहरू चलाउँदै हुनु हुन्छ भने सडकमा साइड लगाइ अाफू बाहीर निस्केर नजिकैको विल्डङ भित्र पस्ने, सेल्टर भित्र जाने र यदि त्यो असम्भव भएमा सवारी साधनबाट बाहिर निस्कने बित्तिकै भुर्इंमा घोप्टो परेर दुइ हात टाउको माथि राखी टाउकोलार्इ लुकाउने यदि कारबाट बाहिर निस्कन असम्भव भएमा रोडको छेउमा रोकेर कम्तीमा दश मिनेट सम्म कुर्ने ।
अन्य सुरक्षा उपायहरूः
निवासस्थानको जुन चाही तेस्रो तला भन्दा माथिका तलाहरूको शर्तमा, तपाइले काम गर्ने घरको माथिल्लो तलामा हुनुहुन्छ जहाँ कुनै सुरक्षित ठाउँहरू, शेल्टर तथा मिक्लातहरू छैन भने दुइ तला मुनी अाएर बस्ने ।
घरको तेस्रो तलाको शर्तमाः यदि घरको माथिल्लो तला नै तेस्रो तला हो भने र यदि त्यहाँ कुनै सुरक्षित ठाउँहरू, शेल्टर तथा मिक्लातहरू छैन भने एक तला तल अाएर बस्ने ।
यस्तो अवस्थामा घरको प्रवेशद्वार अगाडी अथवा बाहीर ननिस्कनु हुन सबै जनालार्इ अनुरोध गरिन्छ किनकी त्यति बेला त्यही घर नजिकै मिसाइल तथा विस्फोटक पदार्थहरूको खतरा हुन सक्छ र हुने छ ।
अन्यथा निर्देशन बाहेक दश मिनेट पछि त्यो सुरक्षित क्षेत्र छोड्न सक्नु हुने छ ।
कुनै पनि बेला कुनै संकास्पद बस्तु जस्तो लागेमा वा अचानक रकेट कतै भुइमा लडिरहेको देख्नु भएमा तुरून्त पुलिसलार्इ खबर गर्नुस ।
रेडियो टिभीहरू दिदै गरिएका सूचनाहरू तथा समाचारहरू सुन्दै गर्नुस एलर्ट हुनुस ।
स्रोतः पिकुद हा अोरेफ द्वारा जारी निर्देशनहरू
प्रस्तुतिः wallakhabar.blogspot.com









0 comments:
Post a Comment