Sunday, July 6, 2014

पोर्नसाइटमा आफ्नो भिडियो देखेर हैरान भए श्रीमान् श्रीमती

अहमदाबाद (एजेन्सी) – ६ वर्ष अगाडि आफैले खिचेको सेक्स भिडियोलाई एउटा पोर्न साइटमा देखेर अहमदाबादको पाश एरियामा बस्ने एक श्रीमान–श्रीमती हैरान भएका छन् । निकै तनावमा भएका यी जोडिले आफ्नो उजुरी दर्ता गरेका छन् । पुलिस अब त्यो आइपी अड्रेसको पहिचानमा जुटेको छ जहाँबाट यो भिडियो यो साइटमा अपलोड गरिएको थियो ।

जानकारीका अनुसार, यो जोडि करिब २० वर्षदेखि विवाहित हुन् । उनीहरुको दुईजना छोराछोरी छन् र उनीहरु शहरको प्रतिष्ठित शिक्षण संस्थामा पढिरहेका छन् । ६ वर्ष पहिले यो जोडिले आफ्नो भिडियो मोबाइलबाट रेकर्ड गरेका थिए । केहि दिन पहिले पतिले आफ्नो मोबाइल फोन परिवर्तन गरेका थिए तर पुरानो मोबाइलबाट उक्त भिडियो भएको मेमोरी कार्ड निकाल्न बिर्सिएका थिए ।

एक हप्ता अघिमात्र एकजना साथीमार्फत आफ्नो भिडियो एक पोर्न साइटमा भएको उनीहरुले थाहा पाएर हेर्दा उनीहरु निकै आश्चर्यचकित भए । एक साथीमार्फत उनीहरुले पुलिसको एक उच्च अधिकारीहरुसँग सम्पर्क गरे । यो जोडिले यो पूरा घटना पछाडि आफ्नो घरेलु नोकरको हात भएको शंका गरेका छन् ।रातोपाटीबाट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment