Tuesday, August 12, 2014

एमआरपी पासपोर्ट बनाएर लिन नजानेलाई चेतावनी

२७ साउन, काठमाडौं । सहज एवं छिटो तरिकाले राहदानी नपाइएको गुनासो आउने गरेका बेला एमआरपी पासपोर्ट बनाएर लिन नजानेहरुको संख्या बढेको छ । पासपोर्ट बनाएर मानिसहरु लिनै नआएपछि नारायणहिटीमा रहेको राहदानी विभाग समस्यामा फसेको छ ।

परराष्ट्र मन्त्रालयअन्तरगत राहदानी विभागमा एमआरपी पासपोर्ट बनाउने तर, लिन नजानेहरुलाई विभागले यथाशिघ्र सम्पर्कमा आउन सार्वजनिक सूचना नै जारी गर्न बाध्य भएको छ । लिन नआएर कानूनअनुसार गर्ने विभागले चेतावनीसमेत दिएको छ ।

०६७ पुस १७ गतेदेखि लागू गरिएको मेसिन रिडेबल पासपोर्टका लागि निवेदन दिएर लिन नआएकाहरुलाई साउन मसान्तसम्ममा सम्पर्क गर्न विभागले भनेको छ ।दश हजार रुपैयाँ खर्चेर दू्रत सेवामार्फत राहदानीका लागि निवेदन दिनेहरु सम्पर्कमा नआएपछि विभागले साउन ३१ गतेसम्म सम्पर्कमा आएर राहदानी लैजान भनेको हो ।

विभागले मंगलबार सूचना प्रकाशित गरेर नलगिएका राहदानी साउन ३१ गते विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म वितरण गरिने जनाउँदै राहदानी बाहकलाई सम्पर्कमा आउन भनेको छ ।साउन ३१ सम्ममा राहदानी लिन नआएमा कानुन अनुसार प्रक्रिया अघि बढाउने जनाउँदै विभागले आवश्यक प्रमाणसहित उपस्थित हुन भनेको छ । द्रूतसेवाको सदुपयोग गर्दै दोब्बर दस्तुर अर्थात १० हजार रुपैयाँ खर्चेर राहदानी विभाग नारायणहिटीमा निवेदन दिएकाहरु राहदानी लिन नआएपछि समस्या भएको हो ।

सरकारले नियमित प्रक्रियाबाट राहदानी लिनेसँग ५ हजार दस्तुर लिने गरेको छ । नियमित प्रक्रियाबाट राहदानी लिँदा कम्तिमा ३ महिना कुर्नुपर्ने बाध्यता छ भने दोब्बर दस्तुर तिर्दा विभागले एक हप्तामा राहदानी दिने गरेको छ । अनलाइन खबर

Sunday, August 10, 2014

नेपाली सदाबहार अभिनेता श्रीकृष्‍ण श्रेष्‍ठको निधन

काठमाडौं: नेपाली चलचित्रका सदाबहार अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको छ। भारतको नयाँदिल्‍लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको शनिबार राति निधन भएको निर्देशक आकाश अधिकारीले जानकारी दिएका छन्।वैवाहिक दाम्‍पत्‍यमा बाँधिएको केही सातामै उनी उपचारको लागि भन्दै अभिनेता श्रीकृष्ण श्रीमती श्‍वेता खड्कासँगै भारत गएका थिए। त्‍यही सिलसिलामा गत असार २७ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए। उनको फक्सोमा पानी जमेकाले केही महिना यता प्राय विरामी भइरहन्‍थे।

श्रीकृष्णको निधनको खबरलाई निर्देशक आकाश अधिकारीले पुष्टी गर्दै भनेका छन् 'दिल्लीबाट मलाई एका बिहानै फोन आयो, घटना राति नै घटेको रहेछ। अहिले ९ बजे परिवारका सदस्यहरु दिल्ली जाने तयारीमा हुनुहुन्छ अनि म पनि जाने तयारीमा छु।' उनी बोल्‍दाबोल्दै रोकिए।अभिनेता श्रीकृष्णले पहिलो पटक वि स २०४५ सालमा 'भूमरी' नामक नेपाली चलचित्रमा आफ्नो यात्रा सुरु गरेका थिए। उनले 'भूमरी'  चलचलित्रमा एउटा कलेज ब्‍वाईको रुपमा अभिनय गरेर 'कसम' चलचित्रमा हिरोको साथी र 'पुकार' चलचित्रमा भिलेनको भूमिका खेल्दै वि. स. २०४७ सालमा छविराज ओझाको चलचित्र 'नाता' मार्फत नायकको रुपमा नेपाली चलचित्रमा पाइला चालेका थिए। श्रीकृष्णको उमेर ४७ बर्ष रहेको बताइएको छ।

उनले दर्जनौ नेपाली चलचित्रमा आफ्नो कलाकारितालाई नजिकबाट नियालेर दर्शकको मन जितेका थिए। उनले नेपाली समाजको यथार्थपरक घटनालाई समेटिएको चलचित्रलाई आफ्नो कर्म र धर्म मनेका थिए।केही साता अघि मात्रै उनले आफुलाई सधै नेपाली समाजलाई रुपान्तरण गर्ने लक्ष्‍य लिएर चलचित्रमा अभिनय गर्ने गरेको इमेज एफएमको 'इन्साइड स्टोरी' मार्फत व्‍यक्त गरेका थिए।तर उनलाई रोगले च्‍याप्दा भने उनी 'इन्साइड स्टोरी'मा बोल्दाबोल्दै पटक-पटक खोक्‍न बाध्‍य हुन्‍थे र आफ्नो आवाज सबै श्रोतामाझ पुर्‍याउन सहजता अपनाउनतिर लाग्‍थे।

नेपाली चलचित्रलाई दर्जनौ सुपरहिट सिनेमा दिएका श्रीकृष्णले आफ्नै लागनीमा बनाएको नेपाली कथानक चलचित्र 'कोहिनूर' गत शुक्रबाट देशभरका हलहरुमा चलिरहेको छ। यसअघि श्रीले बनाएको 'कहाँ भेटिएला?' चलचित्र नेपाली दर्शकहरुको मन मुटुमा बस्न सफल भएको थियो। उनीद्धारा अभिनित गोर्खाली, जंगबाज, सुख-दु:ख, ए मेरो हजुर, आफन्‍त लगायत दर्जनौ  नेपाली चलचित्र चर्चित छन्।
तीनदिन अघि अभिनेता श्रीकृष्ण  श्रेष्‍ठले बोल्‍न नसक्दानसक्दै पनि आफ्नो आवजमा यसरी व्‍यक्त गरेका थिए। अन्नपूर्ण पोस्ट

Saturday, August 9, 2014

चरी मरे संगै सकियो प्रेमिकाको मौन अठोट

काठमाडौ : म एउटी केटी भएर भन्‍न त नमिल्ने हो तर, संसारमा कतिपय ठुला घटनाहरु केटीकै कारणले भएका छन् भनिन्छ। दुर्भाग्यवस् मेरो सन्दर्भमा पनि त्यस्तै भयो जस्तो लाग्दैछ। मलाई मन पराउनेहरूबाटै दिनेश अधिकारीको ज्यान गयो भन्नेमा मलाई कुनै शंका छैन।

संसारका चर्चित अपराधिहरु आज समाजका हिरो वनेका छन । यस्ता कुराहरु धेरै पढे अनी सुने पनि। कतिपय पढेका राम्रा कुराहरुलाई आत्मासाथ गर्थे । तर, जिवनमा पढेका र सुनेका कतिपय कुराहरु आज आफै भोग्दै छु । लामो समय देखीका मिल्ने र छिट्टै जिबन साथी वन्न लागेका धादिङका चरी उपनामले चिनिएका दिनेश अधिकारीलाई मैले गुमाए ।

दिनेशसँग मेरो चिनजान झण्डै डेढ वर्ष अघि मात्र भएको थियो। नया वजारमा भएको मेरो बालवालिका सेल्टरमा एक सडक बालकलाई लिएर उनी आएका थिए। पहिलोपटक भेट्दा नै मलाई ऊ कुनै गुन्डा वा डनजस्तो लागेन। त्यही चिनजानले विस्तारै हाम्रो भेट बाक्लिदै गयो।

हाम्रो भेट हुनुमा पुराना साथी अपर्ण कोईरालाको पनि हात छ। कोईरालाको हामी दुवैसँग राम्रै सम्वन्ध थियो। पछि आपसी मनमुटाबका कारण हाम्रो सम्वन्ध किनारा लाग्यो । दिनेशको शालिनतावाट म उनीप्रती आर्कषित हुँदै गए। त्यो कुरा मैले आफ्नो परिवारमा राखे।

शुरुमा त परिवार पनि हच्कियो। समाजमा नराम्रो छवि बनाएकासँग सम्बन्ध किन गास्ने भन्ने पनि भयो। आमाले 'भोलि यो मान्छे जेल जान सक्छ त्योबेला तिमी तयार छौं ?' भन्‍ने प्रश्‍न गर्नुभयो।

म पहिल्यै तयार थिए। किनभने मैले संसारका धेरै अपराध पृष्ठभूमिका मानिस सुध्रिएर धेरै ठूला मानिस भएको देखेको थिए। पढेको थिए। रत्नाकर डाकु वाल्मिकी बनेको त हाम्रै धर्मले भन्छ। मैले दिनेशलाई यस्ता कुरा पढन भनेर दिएको थिए।

दिनेशसँग बुबाआमाको भेटपछि उहाँहरूको पनि पूरानो धारणा बद्लियो। किनभने उनी दुनियाँले देखेजस्तो कतै थिएनन्।

दुवै पक्ष राजी भए पछि गएको दशैंमै टिकाटालोको गर्ने योजना थियो। तर, दिनेशको परिवारमा आफन्तको मृत्यु भए पछि त्यो सम्भव भएन। यो दशैंमा हामी टिकाटालो गर्दै थियौ। अब त्यो सबै सकियो। मान्छे नै रहेन।

मान्छे मन पराउदा केहि देखिन्न। मलाई दिनेश मन पर्‍यो। मैले हेर्दा उसलाई कतै अपराधी जस्तो देखिन। उसले युवा उमेरमा गरेका अपराधहरुले उसलाई 'मोस्ट वान्टेड' बनाएको थियो।

धेरैका लागि हाम्रो जोडी अस्वभाविक लाग्थ्यो। तर, हामी एउटा उदाहरणीय जोडी बन्न चाहान्थ्यौं। म उसलाई पूरै सुधारेर अर्कै मान्छे बनाउन चाहान्थे। वास्तवमा म एउटा प्रयोग गर्न चाहान्थे।

म गृहमन्त्रीको भनाईलाई चुनौती दिन्छु। गृहमन्त्रीले दोहोरो भिडन्तमा दिनेश मारिएको प्रमाण दिन सक्नुहुन्छ ? म पैसाको लागि दिनेशको माया जालमा फसेको होईन । मेरो परिवार आर्थिक रुपमा सवल र सक्षम छ ।
हो, म एउटा प्रहरीले भनेको 'डन' को गर्लफ्रेन्ड थिए। त्यसैले कतिबेला के होला भन्ने त लागिरहन्थ्यो। तर, ऊ यसरी मारिएला जस्तो मलाई कहिल्यै लागेन। धेरै भए प्रहरीले पक्रेला, जेल जाला भन्‍नेसम्म थियो।

दिनेशको मृत्युलाई हाम्रो दुवै परिवारले सुनियोजित हत्याको रुपमा लिएको छौ । दिनेशको हत्याको छानविन होस र हामीहरु न्यायको खोजीमा छौ। प्रहरी दोहोरो भिडन्तमा दिनेश मारिएको दावी गर्छ । तर, म दावाका साथ भन्छु , दिनेश दोहोरो भिडन्तमा मारिएको प्रमाण प्रहरीले ल्याउन सक्छ ?।

दिनेश मारिएको स्थानमा मुचुल्का उठाउने बेलामा प्रहरीले किन परिवारका सदस्यहरुलाई जान दिएन ?। दिनेश दाहोरो भिडन्तमा मारिएका होईनन, प्रहरीले उनको हत्या गरेको हो ।

दिनेश मारिएको दिन विहान सॉढे नौ वजे भाईवरमा उनीसॅग कुरा भएको थियो मेरो। झण्डै एक महिना अघि मात्र उनी काठमाडौ आएका थिए । दिनेश केही समय भारतमा वसे । पछिल्लो समय उनी अदालतमा आत्मासर्मपण गर्ने गरी काठमाडौ आएका हुन ।

त्यसबारेमा हाम्रो दैनीक जसो वकिलसॅग छलफल भईरहेको थियो । उपप्रधान तथा गृहमन्त्रीले दिनेशको हत्या प्रकरणलाई लिएर संसदमा दिएको जवाफ पनि सुने मैलै । उहॉले प्रहरीले दिएको रिपोर्ट पढेर सुनाउनु भएको रैछ ।

तर, म गृहमन्त्रीको भनाईलाई चुनौती दिन्छु। गृहमन्त्रीले दोहोरो भिडन्तमा दिनेश मारिएको प्रमाण दिन सक्नुहुन्छ ? म पैसाको लागि दिनेशको माया जालमा फसेको होईन । मेरो परिवार आर्थिक रुपमा सवल र सक्षम छ ।

मैले ग्यालेक्सी, काठमाडौ विश्वविद्यालयको स्कुल, जेभियर एकेडेमी हुँदै विश्‍वको चर्चित विश्‍वविद्यालय वेलायतको अक्सफोर्डबाट स्नातकोत्तर तहको पढाई सकाईसके । म ईज्जतका साथ आफनो जिवन जिउन सक्छु । मैलै बॉच्नकै लागि दिनेशको सहारा लिएका हैन। हामी निस्वार्थ प्रेमले गॉजिएका थियौ। त्यसैको एघटा कारण बन्यो, दिनशको हत्या।अन्न्पूर्ण पोस्ट

 (अन्‍नपूर्णकर्मी रविन गिरी र शम्‍भु कट्टेलले ओलीसँग गरेको कुराकानीमा आधारित)