Tuesday, September 9, 2014

कहिले देख्नुभएको छ कुकुरको जस्तो मुख भएको माकुरा ? (भिडियोसहित)

लण्डन– के तपाईंले कहिले ‘स्पाइडर–डग’ दुख्नुभएको छ ? अर्थात, यस्तो प्राणी जसको अनुहार कुकुरको जस्तो र शरिर माकुराको जस्तो । पक्कै पनि देख्नुभएको छैन नि ? तर पोल्याण्डको सडकमा एउटा यस्तै जीवले मानिसहरुको होस–हवास लिइरहेको छ र उनीहरु आफ्नो ज्यान बचाउनका लागि उक्त जीवबाट भागिरहेका छन् । तल दिइएको भिडियोमा तपाईंले यो अचम्मको जीव सडकमा दौडिरहेको देख्नसक्नुहुन्छ । कोही मानिसले यो जीव देख्दा निकै आत्तिएर भाग्ने गरेको पनि भिडियोमा देख्न सकिन्छ ।

सडकमा, पार्कमा, लिफ्टमा अथवा भर्याङ्मा, जताततै यो जीव अचानक देखा परिरहेको छ । यो जीवको अनुहार कुकुरको जस्तो र आठवटा खुट्टा भएको शरिर माकुराको जस्तो छ । जसले यसलाई निकै डरलाग्दो स्वरुप दिएको छ । यसैकारण पनि मानिसहरु यो जीवलाई देखेर निकै डराउने गर्दछन् । तर तपाईंलाई यो जानकारी दिऊँ कि यो ‘स्पाइडर–डग’ कुनै वास्तविक जीव नभई एउटा रमाइलो कार्यक्रमको हिस्सा हो । सिलवेस्टर नामका युवकले आफ्नो कुकरलाई माकुराको जस्तो फर भएको कपडा लगाइदिए र उक्त कुकुरलाई सडकमा छोडिदिए । यस्तो लुगा लगाइदिएपछि उक्त कुकुर कुकुर नभई जिउँसो राक्षरजस्तो देखियो । त्यसपछि के भयो भन्ने कुरा त तपाईंले यो भिडियोमा हेर्न सक्नुहुन्छ । थुप्रै मानिसहरुलाई आफ्नो शिकार बनाएको यो भिडियोले युट्युबमा निकै तहल्का मच्चाइरहेको छ । हेरौँ हामी पनि यो ‘स्पाइडर–डग’ को आतंक । (एजेन्सी)रातोपाटी

Monday, September 1, 2014

आमासँग पाँच लाख उठाउन कलेज हिडेका छोराको अपहरण

काठमाडौं : पारिवारिक लेनदेनकै कारण कलेज जाँदै गरेका एक विद्यार्थी सोमबार अपहरणमा परेका छन्। काष्ठमण्डप कलेज जाँदै गरेका वीरेन क्षेत्री सोमबार बिहान अपहरणमा परेका हुन्।

कालीमाटी प्रहरी वृत्तका प्रमुख नायव उपरीक्षक यज्ञविनोद पाखरेलले लेनदेनको विवादका कारण अपहरण भएको सूचना प्रहरीलाई प्राप्त भएको बताए।

प्रहरीका अनुसार वीरेनकै आमाले सापटी लिएको पाँच लाख नतिरेपछि सुशान्त पोखरेलसहितको टोलीले वीरेनलाई अपहरण गरेको थियो।

पटकपटक ताकेता गर्दा पनि वीरेनकी आमाले पैशा नतिरेपछि छोरालाई अपहरण गरेर पैशा असुल्ने योजनाअनुसार अपहरण गरिएको थियो। प्रहरीका अनुसार वीरेन अपहरण मुक्त भइसकेका छन्। वीरेनकै आमा सम्पर्कमा आएकी छैनन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।annapurnapost