रघु त्रिपाठी, सरोज खड्का, कोरिया - दक्षिण कोरिया स्थित विभिन्न विश्व विद्यालयमा अध्ययन तथा अनुसन्धारत नेपाली विद्यार्थीहरुको छाता संगठन सोनसिकको आठौँ कार्य समितिले आयोजना गरेको शैक्षिक सेमिनार भब्यरुपमा सम्पन्न भएको छ । मे २६ तारिख शनिवारका दिन कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाको प्रमुख आतिथ्यमा सोल स्थित नेपाली दूतावासको सभाहलमा सम्पन्न उक्त सेमिनारमा सहभागिहरुले सोनसिकले अब नेपालका लागि उपयुक्त हुने किसिमका परियोजनाहरु र टेक्नोलोजी ट्रान्सफर गर्नेतर्फ उन्मूख हुनपर्नेमा जोड दिएका थिए । सोनसिकको पहिलो सैक्षिक सेमिनारमा मुलुकको अवस्था र दक्षिण कोरियामा अध्ययन अनुसन्धानरत रहेका नेपाली बिद्यार्थीहरुको खेल्नुपर्ने मुख्य भूमिकाको बारेमा समेत बहस भएको थियो ।
सोनसिक अध्यक्ष आस्था बिन्दु मल्लको सभापतित्वम सम्पनन उक्त काार्यक्रमका प्रमुख अतिथि राजदूत लामाले अहिले जे जति बिदेशमा रहेका नेपालीहरु छन् उनिहरु यतै पलायन भइरहेको बताउदै अहिले नेपालमा प्रसस्त अवसरहरु रहेकोले यहाँ आर्जन गरेको ज्ञान, सिप र अर्थलाई नेपाल भित्र्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले नेपालको शिक्षा नीतिको समेत चर्चा गर्दै गाउँका विद्यायलयहरु बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री जस्तै भएकोले यहाँ सिकेका सिप तथा प्रबिधीहरुलाई त्यहाँ सम्म पुर्याउन सके त्यहाँ रहेका बेरोजगारहरुले समेत अवशर पाउने बताउनुभयो । राजदूत लामाले कोरियको प्रसंग जोड्दै ६० वर्ष पहिले प्रति ब्यक्ति आय ५९ डलर भएको कोरिया अहिले विश्वको दशौ धनी देशमा उभिएको बताउदै नेपालको उन्नती बिदेशीले होइन बिदेशमा अध्ययन अनुसन्धानरत नेपाली बिधार्थीहरुको हातमा रहेको प्रष्ट पार्नुभयो । नेपालको राजनीतिक तथा पर्यटन क्षेत्रमा समेत लामो अनुभव भएका राजदूत लामाले महिलाको नेतृत्वमा आयोजना भएको कार्यक्रम समयमै शुरु भएकोमा सोनसिकको प्रसंसा समेत गर्नुभयो। कार्यक्रमका सभापती तथा सोनसिक अध्यक्ष आस्था विन्दु मल्लले देशको अस्थिर राजनीतिक अवस्थाका कारण देशले हामीलाई बोलाउला र अवशर देला भनेर बस्न नहुने बताउनु भयो ।
उहाँले सरकारले वौद्धिक वर्गलाई वेवास्ता गरिरहने हो भने देशको उन्नति हुन धेरै समय लाग्ने बताउदै सम्भावना बोकेका देशका कर्णधारहरुलाई देशले उचित अवशर प्रदान गर्न सकेमा विकासको गति तिव्र हुने बताउनुभयो । उहाँले नेपालको विकासको दीगो व्यवस्थापनमा लागि कोरियामा अध्ययन गरेका विद्यार्थीहरु अमेरिका, युरोपमा अध्ययन गरेका भन्दा सक्षम रहेको तर्कपूर्ण मन्तब्य ब्यक्त गर्दै अब ओझेलमा पर्नुभन्दा देशको स्वार्थका लागि लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एनआरएन आइसिसि सदस्य डा. देवी बहादुर बस्नेतले सोनसिक वास्तवमै नेपाली अध्ययन अनुसन्धानकर्ताहरुको छाता संगठन जसले विद्यार्थीहरुको कल्याणकारिताका साथ साथै नेपालको भविष्य प्रति समेत सचेत रहेको बताउनु भयो । उहाँले अब सोनसिकले उपयुक्त किसिमका परियोजनाहरु तयार पारेर अघि बढ्न सके अझ लाभदायी हुने बताउनुभयो ।
कार्यक्रममा एनआरएन अध्यक्ष केपि सिटौलले कोरिया आएर मास्टर्स, पिएचडी गरेका विद्यार्थीहरु अमेरिका, क्यानाडा, युरोप जाने स्थल मात्र नबनाउन आग्रह गर्दै यहाँबाट उच्च प्रविधीहरु नेपालमा लाने प्रयास गर्नुपर्ने बताउनु भयो । मन्तव्यको क्रममा सोनसिकका संस्थापक अध्यक्ष डा।जनार्दन लामिछानेले कोरियामा नेपालीहरु कुन विषयमा कसरी अध्ययन गरिरहेका छन् र उनीहरुलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराको तथ्याङ्क राजदूतावासले राख्नुपर्ने कुरा बताउनुभयो । यहाँ अध्ययन सकेर कुनै पेशामा आवद्ध भएका व्यक्तिहरुले यहिको स्तरको आम्दानी नेपालमा गएर खोज्ने, मैले यति पढेको छु भन्दै जागिर खोज्ने जस्ता कामहरु नगरी कामको अवसर स्वयमले सिर्जना गर्ने सोच बनाएर जानुपर्छ, उहाँले भन्नुभयो । सोनसिकका सल्लाहकार डा।केशव कुमार नेपालले विज्ञान तथा प्रविधिको क्षेत्रमा सरकारी वेवास्ताप्रति गुनासो गर्दै नयाँ संविधानमा विज्ञान तथा प्रविधिको क्षेत्रलाई विशेष जोड दिनुपर्ने जसले गर्दा विदेशमा रहेका व्यक्तिहरुले स्वदेशमै केही गर्न सक्ने अवस्थाको सिर्जना हुन सकोस् भन्नुभयो ।
उच्च अध्ययन सकेर विदेशमै बस्नुपर्ने हाम्रो वाध्यता हो भन्दै उहाँले कोरियाले पनि हिजो आफ्ना नागरिकहरुलाई उपयुक्त वातावरण बनाएर बोलाएको स्मरण गराउनुभयो । कार्यक्रममा नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौला किन्फाका अध्यक्ष जेसन ली लगायतले मन्तब्य दिएका थिए । कार्यक्रमका सहभागी र स्रोताहरु भन्दछन् सोनसिकले सुरु गरेको यस्ता शैक्षिक गोष्ठिको थालनी राम्रो छ, निरन्तरताको जरुरी छ । जसकालागि कोरिया स्थित सवै नेपाली संघ संस्था,व्यक्ति तथा नेपाल सरकारका एजेन्सिहरुको सहकार्यमा सक्रिय निरन्तरता जरुरी देखिन्छ ।










0 comments:
Post a Comment