Tuesday, May 22, 2012

नक्कली छोरा बनाई नागरिकता बनाइदिने पक्राउ I

उमा पौडेल, सिन्धुली, जेठ ९,

नक्कली व्यक्तिलाई आफ्नो छोरा भएको भन्दै नेपाली नागरिक्ता वनाई दिने सिन्धुलीको वेलघारी गाँउ विकास समिती ८ का भीमवहादुर गोले र भक्तमाया गोलेलाई जिल्ला प्रशासन कार्यालयले पक्राउ गरी जेल चलान गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले नक्कली छोरा वनाएर नागरिक्ता वनाइ दिने भीमवहादुर र भक्त मायासँग ३२ हजार ५ सय धरौटी माग गरेको थियो । घरौटी रकम वुझाउन नसकेपछि गोले परिवारलाई कारागार चलान गरिएको हो । वेलघारी गाविसका भीमवहादुर गोले र श्रीमती भक्तमाया गोलेले सर्लाही घर वताउने विनोद गोलेले तीन हजार रुपैयाँ दिने प्रलोभनमा निजलाई आफ्नै छोरो भएको भन्दै नागरिक्ता वनाइ दिएका थिए ।

जिल्ला प्रशासन कार्यालयले २०६८ साल माघ २६ गते २०१०४०२०६ नम्वर को नेपाली नागरित्ता दिएको सहायक प्रमुख जिल्ला अधिकारीले विमलकुमार पोखरेलले वताउनुभयो । नक्कली छोरा वनेर नागरित्ता लिएका विनोदको नागरिक्ता वदर गरी त्यसको जानकारी ७५ वटै जिल्ला प्रशासन कार्यालयले दिने तयारी भइरहेको प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले विनोद गोले भुटानी सरणार्थी भएको आशंका गरेको छ । अहिले विनोद फरार रहेका छन् ।

रेडियो सिन्धुलीगढी सिन्धुली

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment