Thursday, May 24, 2012

जापानमा एक नेपालीको मृत्यु I

जापान, (टोकियो) जेठ ११,

जापानमा बसोबास गरिरहेका बागलुङ बलेवाका दिप बहादुर खड्का (रामु खड्का)को जापानमा निधन भएको छ । लामो समयदेखि जण्डिसबाट पिडीत भएका खड्काको उपचारका क्रममा टोक्यो इतावासी-कुमा ओयामा अस्पतालमा निधन भएको हो ।

अप्ठेरो महसुस भएपछि उनी श्रीमतीसहित उपचारका लागि अस्पताल गएका खड्का त्यहाँ पुगेलगत्तै बेहोस भएका थिए । केहीवेरपछि उनलाई चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

उनकी ५ बषिर्या छोरी नेपालमै रहेको बताइएको छ । केहिन तोहोकु लाइनको ताबाता स्टेसन नजिक जुनतारा रेस्टुरेन्ट संचालन गरेका खड्काले केहि अगाडी मात्र उक्त रेस्टुरेन्ट बिक्रि गरेको बताइएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment