काठमाडौँ, जेठ १३,
प्रधानमन्त्री डा बाबुराम भट्टराईको अध्यक्षतामा आज बालुवाटारमा बसेको लगानी बोर्डको बैठकले लगानी बोर्डसम्बन्धी नियमावली पारित गरेको छ ।
स्वदेशी तथा विदेशी लगानीलाई छिटोछरितो रूपमा अगाडि बढाउन प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको बोर्डको बैठकबाट नियमावली पारित भएपछि लगानीका लागि कानुनी मार्ग खुला भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले ठूला लगानीकर्ताका लागि लगानीको वातावरण सिर्जना भएको र इच्छुक लगानीकर्ताका लागि नीतिगत अवरोध नभएको उल्लेख गर्नुभयो ।
बैठकमा पश्चिम सेती, अरुण जलविद्युत् आयोजना र काठमाडौँ मेट्रो रेल यातायातलगायतमा इच्छुक लगानीकर्ताको विषयमा पनि प्रारम्भिक छलफल भएको जानकारी उहाँले दिनुभयो ।
उपाध्यक्ष क्षेत्रीले नियमावली पारितबाट लगानी कर्ताहरुलाई थप उत्साहित पारेको उल्लेख गर्दै सुन्दर सम्बृद्ध नेपाल निर्माणका लागि मार्ग खुला हुनु देश र जनताका लागि गौरबको विषय भएको बताउनुभयो ।

0 comments:
Post a Comment