काठमाडौँ, जेठ १३,
लोकतन्त्र स्थापनाको लागि भएको आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेका पत्रकारहरुको व्यावसायिक र भौतिक सुरक्षाको पाटो झनझन चुनौतीपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।
नेपाल प्रेस युनियनको २१ औँ स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित स्वागत समारोहमा सहभागी वक्ताहरुले लोकतन्त्रलाई स्थायित्व दिन आफ्नो पेसा व्यवसायका अतिरिक्त सञ्चारकर्मीले सडकमा उत्रेर सङ्घर्षका लागि तयार रहनुपर्ने अवस्था देखिएको बताएका छन् ।
विगत दुई हप्ताको अवधिमा ८० भन्दा प्रेसमाथि आक्रमणका घटना भएको तथ्याङ्क प्रस्तुत गर्दै उनीहरुले अहिले समग्र सञ्चारक्षेत्र अप्रत्यक्ष दमनबाट आतङ्क र त्रसित रहेको बताएका छन् ।
मुलुकको राजनीतिक अवस्थालाई विश्लेषण गर्दा लोकतन्त्र र प्रेस स्वतन्त्रता गुम्ने हो कि भन्ने खतराको आशङ्कामा रहेको बताउँदै वक्ताहरुले पत्रकारले लोकतन्त्रलाई महत्व दिएर कलम चलाउनुपर्ने आजको आवश्यकता भएको उल्लेख गरेका छन्।
पछिल्लोसमय समाचार सङ्कलनमा खटिएका पत्रकारलाई कुट्ने, दोसल्ला ओढाउने अनि फेरि कुट्ने प्रवृतिले गर्दा राजनीतिक दल र सङ्गठन विशेषको लोकतान्त्रिक छविप्रति प्रश्न उठेको बताउँदै वक्ताहरुले पत्रकारहरु भने लोकतन्त्रवादी भएकाले लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनका लागि व्यावसायिक भएर धर्म निर्वाह गरिरहेको धारणा व्यक्त गरेका छन् ।
मन्तव्य व्यक्त गर्नेहरुमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापतिद्वय तारानाथ दाहाल, धर्मेन्द्र झा, सचिव जगत नेपाल, युनियनका सभापति किरण पोखरेल, महासचिव शिव लम्साल, पूर्व सभापति कुलचन्द्र वाग्ले, सल्लाहकार कविर राणा, पत्रकारहरु विपुल पोखरेल, केदार कोइराला, ऋषि धमलालगायत हुनुहुन्थ्यो ।
सो अवसरमा स्व बिपी कोइरालाको तस्बिरमा माल्यार्पण गरिएको थियो । युनियनले स्थापना दिवसको अवसरमा गत बुधबार रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो ।

0 comments:
Post a Comment