Saturday, May 26, 2012

परियोजना बिरुद्ध किसानहरु संघर्षमा I

महोत्तरी, जेठ १३,

सागरनाथ वन विकास परियोजनाको पर्ती जमिनमा खेती गर्दै आएका महोत्तरीको लक्ष्मीनियाँ र भरतपुरका किसानहरुले परियोजनाले आफूहरुलाई खेती गर्न नदिने षड्यन्त्र सुरु गरेको भन्दै संघर्ष समिति गठन गरेका छन् ।

बर्षौदेखि परियोजनाको जमिनमा टांगिया खेती गर्दै आएका दुई गाविसका सयौं किसानको लक्ष्मीनियाँ भएको भेलाले देवेन्द्र पासवानको संयोजकत्वमा ४७ सदस्यीय संघर्ष समिति गठन गरेको हो । परियोजनाले किसानहरुलाई जमिन जोत्न नदिने षड्यन्त्र गरेपछि त्यस विरुद्ध संघर्ष गर्न समिति गठन गरिएको लक्ष्मीनियाँ किसान वीरलाल गोलेले बताउनुभयो ।

परियोजनाको पर्ती जमिनमा महोत्तरी र सर्लाहीका हजारौं परिवार किसानहरुले टांगिया खेती गर्दै आएका छन् । अचेल परियोजनाका कर्मचारीले खन जोत गरिरहेको ठाउँमा गएर किसानलाई खेती नगर्न धम्क्याउँदै हलो कोदालो खोस्ने गरेका किसानहरुको भनाई छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment