भक्तपुर, जेठ १४,
उपत्यकामै पहिलोपटक भक्तपुरको कटुञ्जे गाविस पूर्णरूपमा खुला दिसामुक्त गाविस बनेको छ । यसअघि उपत्यकाको केही गाविसका सीमित क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि सिङ्गो गाविसलाई पूर्णरूपमा खुला दिसामुक्त क्षेत्र बनाइएको यो पहिलो गाविस हो ।
कटुञ्जे गाविस कार्यालयको नेतृत्वमा स्थानीय चारवटा खानेपानी आयोजना सहितको संलग्नतामा उपत्यकामै पहिलोपटक योे गाविस खुला दिसामुक्त क्षेत्र बनेको कटुञ्जे गाविस कार्यालयका सचिव लेखनाथ भट्टराईले बताउनुभयो । गाविसमा कुल दुई हजार घरधुरी रहेकोमा वडा नं. ३ को दलित बस्ती र अन्य बस्तीका शौचालय नभएका ७५ वटा घरमा शौचालय निर्माण गराएपछि यो गाविस खुला दिसामुक्त क्षेत्र बनेको सचिव भट्टराईले जानकारी दिनुभयो ।
शौचालय नभएका घरलाई गाविसले शौचालय निर्माणका लागि प्रतिगाविस रु तीन हजार १०० र डिभिजन खानेपानी कार्यालयले रु एक हजार र प्यानलगायतका सामग्री उपलब्ध गराएर शतप्रतिशत घरमा शौचालय पु¥याएपछि यो गाविस खुला दिसामुक्त गाविस बनेको हो । यस गाविस क्षेत्रमा जथाभावी फोहोर गर्ने तथा खुला दिसापिसाब गर्ने व्यक्तिलाई जरिवानासमेत गरिने भएको छ ।
जरिवाना र खुला दिसामुक्त एवम् फोहोरमुक्त गाविस बनाइराख्न आचारसंहिता निर्माणको काम भइरहेको बताउँदै सचिव भट्टराईले यसका लागि गाविस सचिवको संयोजकत्वमा १५ सदस्यीय मूल समिति र पाँचवटा उपसमिति समेत निर्माण गरिएको छ ।
गाविसमा खुला दिसापिसाब गर्ने र जथाभावी फोहोर गर्नेलाई दण्ड जरिवाना गर्ने तथा यसको जानकारी दिनेलाई पुरस्कारको व्यवस्था गरिने बताइएको छ ।
यसका साथै गाविसले आजैदेखि यस गाविसमा फोहोर सङ्कलन एवम् जनचेतना अभियान सुरु गरेको छ ।

0 comments:
Post a Comment